नवलपुरमा सबैभन्दा धेरै वर्षा

NAWALPUR TIMES

नवलपुरमा सबैभन्दा धेरै वर्षा

कावासोती । पछिल्लो २४ नवलपुरको विनयी त्रिवेणी वडा नम्बर ५ स्थित देउराली, साबिक धुरकोटमा सबैभन्दा बढी वर्षा भएको छ ।

जल तथा मौसम विभागको वेबसाइटमा राखिएको पछिल्लो तथ्यांकअनुसार याे समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा यहाँ २ सय ६८ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

रातभर भारी वर्षा भएको कारण नवलपुरका खहरे खोला तथा नारायणी नदीमा पानीको सतह बढ्न सक्ने भन्दै सर्तक रहन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

लामो समयदेखि पानी नपरेर रोपाइँ गर्न नपाएका किसानले वर्षाले राहत दिए पनि ठाउँठाउँमा सडक अवरुद्ध हुँदा भने यात्रुहरू अलपत्र परेका छन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology