नवलपुरमा पाँच वटा गिद्ध मृत फेला

NAWALPUR TIMES

नवलपुरमा पाँच वटा गिद्ध मृत फेला
1678694612651 scaled

कावासोती- नवलपुरमा पाँच वटा गिद्ध मृत अवस्थामा फेला परेका छन । कावासोती नगरपालिका वडा नं ३ को केरुङ्गे खोला नजिकै रहेको नगरपालिकको डम्पिब साईड को १ सय मिटर तल पाँच वटा गिद्ध मृत अवस्थामा फेला परेका तथा अन्य ४ वटा गिद्धको बिरामी अवस्थामा उद्धार गरिएको छ ।

उद्धार गरिएका गिद्धहरुलाई घटनास्थलमै प्राथमिक उपचार सुरु गरिएको छ । प्राथमिक उपचार पछि उनीहरुलाई कावासोती १३ मा रहेको जटायु रेष्टुरेन्टमा लैजाने तयारी गरिएको पंक्षी संरक्षण संघका प्रोजेक्ट असिष्टेन्ट ईश्वरी प्रसाद चौधरीले बताउनु भयो । घटना स्थलमा पुग्नु भएका चौधरीका अनुसार विषादी युक्त मासु खाएर मरेको स्यालको सिनो खाएर गिद्ध मरेको हुन सक्ने प्रारम्भिक अनुमानबाट देखिएको छ । गिद्धहरु मरेको स्थान नजिकै स्यालको सिनो समेत फेला परेको छ । गिद्ध मरेको खबर स्थानियले खबर गरेपछि चिकित्सक सहितको पंक्षी
संरक्षण संघ र जटायुरेष्टुरेन्टको टोली घटनास्थलमा पुगेको छ । टोलीले घटना स्थलमा फेला परेका गिद्ध र स्यालको पोष्टर्माटम गरे पछि गिद्ध मरेको आधिकारिक कारण थाहा हुने चौधरीले बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानबाट विषादी युक्त मासु खाएको मरेको स्यालको सिनो खाएर गिद्ध मरेको हुन सक्ने बताउदै पोष्टमार्टम
रिर्पोट आए पछि मात्रै घटनाको बारेमा थप बताउन सकिने डिभिजन वन कार्यालय नवलपुरका सहायक वन अधिकृत शिशिर लम्सालले बताउनु भयो । सिनो अवस्थामा मरेको स्याललाई विषादी युक्त मासु कस्ले दियो भन्ने विषयको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताउनु भयो । गत शनिबार मात्रै चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा
हुर्किएका १० वटा गिद्धलाई कावासोती १३ मा रहेको जटायु रेष्टुरेन्टबाट प्राकृतिक बासस्थानमा छाडिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology