नवलपुरमा दुर्लभ रक्त समूह भएकाहरु संगठित

NAWALPUR TIMES

नवलपुरमा दुर्लभ रक्त समूह भएकाहरु संगठित
Messenger creation 078C216A 8624 4492 AD4E 35B2EB8B2DE9

कावासोती

नवलपुर जिल्लामा दुर्लभ रक्त समूह भएकाहरु संगठित भएका छन् । दुर्लभ रक्त समूह भएकाहरु बिच एक आपसमा भाईचाराको सम्बन्ध स्थापित गर्दै समन्वय र सहयोग गर्ने उदेश्यले संगठित भएको कार्यक्रमका संयोजक सोम सुबेदीले जानकारी दिनुभयो ।

शनिबार कावासोतीमा आयोजित दुर्लभ रक्त समूह भएकाहरुको जिल्ला स्तरीय भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिती समेत गठन गरिएको छ । समितिको अध्यक्षमा सोम सुवेदी , उपाध्यक्षमा सोनि श्रेष्ठ, सचिबमा रमेश बस्ताकोटी र कोषाध्यक्षमा नेनुका श्रेष्ठ चयन भएको नेपाल रेडक्रस सोसाईटी उप शाखा कावासोतीका सभापती बाबुराम कण्डेल ले जानकारी दिनु भयो । समितिका सदस्यहरुमा बिक्रम कार्की , गोबिन्द ढकाल , लोकेन्द्र वयम्बु , रामचन्द्र सापकोटा र स्मृति भुसाल न्यौपाने चयन भएका छन् । समितिमा सहसचिब , सहकोषाध्यक्ष सहित २ सदस्य जिल्ला कार्यसमितिको बैठकले चयन गर्ने कण्डेलले बताउनु भयो ।


जिल्ला स्तरीय भेलाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका अध्यक्ष डिल्लिराम कडरियाले दुर्लभ रक्त समूह भएकाहरु संगठित हुनु आफैमा निकै महत्वपूर्ण काम भएको बताउनु भयो । उहाँले भन्नू भयो,” संगठित भएर अघि बढ्दा भोलिका दिनमा रगत अभावमा छटपटिनु पर्ने अबस्था आउँदैन , यो मानविय कार्य हो । ” कडरियाले दुर्लभ रक्त समूह भएकाहरु निकै कम संख्यामा हुने भन्दै संगठित भएर अघि बढ्दा धेरै सहज हुने बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप शाखा कावासोतीका सभापति बाबुराम कन्डेल , नेपाल स्वयम् सेवी रक्तदाता समुहका जिल्ला अध्यक्ष धर्मराज लुईंटेल , नेपाल दुर्लभ रक्त समुदाय चितवनका अध्यक्ष लक्ष्मण ज्ञावाली लगायत ले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा नवलपुर जिल्लाका दुर्लभ रक्त समूह भएका ब्यक्तिहरु , रेडक्रसकर्मी , स्वयम् सेवी रक्तदाता , संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नवनिर्वाचित सचिब रमेश बस्ताकोटीले गर्नु भएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology