नवलपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

NAWALPUR TIMES

नवलपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
thumb 1

कावासोती ।  नवलपुरमा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिका-८ मा लु ३४ प३०७७ नम्बरको मोटरसाइकल र ग्रेडर ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-११ बस्ने २१ वर्षका सागर क्षेत्रीको उपचारको क्रममा मध्यविन्दु अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा सवार राजन अधिकारीको बायाँ हातमा चोट लागेर उपचार भइरहेको छ ।

यसैगरी जिल्लाको कावासोती नगरपालिका-१ मा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गण्डकी बोर्डिङ स्कुलको ना १ क ५८१७ नम्बरको बसको ठक्करबाट स्थानीय २ वर्षका बालकको मृत्यु भएको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology