धारिलो हतियार प्रयोग गरेर देवचुलीमा एक जनाको हत्या

NAWALPUR TIMES

धारिलो हतियार प्रयोग गरेर देवचुलीमा एक जनाको हत्या

कावासोती । नवलपुरको देवचुलीमा धारिलो हतियार प्रयोग गरेर एक जनाको हत्या भएको छ ।

देवचुली-९ विशालटार बस्ने २९ वर्षिय मिलन मानन्धरको हत्या भएको हो । सोही स्थान बस्ने ३० वर्षिय अर्जुन नेपालीले मानन्धरलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेका प्रहरीले जनाएको छ ।

धारिलो हतियारको कारण पेटमा चोट लागेर गम्भीर घाईते मान्नधरको उपचारको क्रममा भरतपुर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरेर फरार भएका नेपालीलाई कावासोती-१६ डण्डा बाट पक्राउ गरेर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ । नेपाली केही समय अगाडी भारतबाट फर्किएका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology