दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

NAWALPUR TIMES

दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
accident 20201129054133

कावासोती  । दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।

बसमा ४७ यात्रु सवार रहेकामा दुईजना घाइते भएका छन् । अन्य यात्रु सकुशल रहेको उनले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology