दाउन्ने सडकमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

NAWALPUR TIMES

दाउन्ने सडकमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
daunne SwV8EHfQsq

कावासोती ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइए पनि ट्रकलगायत ठूला मालवाहक  सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

शुक्रबार राति बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने जंगलको खुर्सानीखोलानजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको थिएन । सडक मर्मतपश्चात् शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

हाल यात्रुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए । उनले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिपरजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाइएको बताए ।रासस

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुयालले दाउन्ने सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा नरहेको र मर्मत कार्य भइरहेको जानकारी दिए । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology