दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

NAWALPUR TIMES

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी
truck2024 09 20 02 26 14

कावासोती । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्व–पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागि जाँदै गरेको लु.२ख ५१३७ न. को भुस बोकेको ट्रकमा आज बिहान १० बजेतिर बर्दघाट ४ दाउन्ने जंगलमा आगजनी भएको हो ।

गाडीको इन्जिन तात्न गई अचानक ट्रकको अगाडिको भागबाट आगो सल्कँदा ट्रकको भुससमेतमा आगजनी भएको हो । आगजनीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ ।

बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology