दाउन्नेमा भासिएको सडक आज पनि मर्मत गरिदैँ, यातायात अवरुद्ध

NAWALPUR TIMES

दाउन्नेमा भासिएको सडक आज पनि मर्मत गरिदैँ, यातायात अवरुद्ध
IMG 20240812 WA0010

कावासोती । पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डमा पर्ने दाउन्ने बजारमा भासिएको सडकको मर्मत आज पनि गरिदैँ छ ।

पहिरोले भासिएको सडकको मर्मत सुरु गरिएकाले यातायात आज पनि अवरुद्ध भएको छ । दाउन्ने बजारमा सडकको बाँया भाग सोमबार साँझ ४ बजे आसपास पहिरो खसेर सडक अवरुद्ध हुँदा एकतर्फी मात्रै सन्चालनमा आएको थियो । मंगलबार मर्मत कार्य नसकिए पछि सडक एक तर्फी मात्रै सन्चालन गरिएको थियो ।

बुधबार बिहानैबाट मर्मत सुरु गर्ने भनिए पनि वर्षा नरोकिएका कारणले मर्मत ढिलो गरि सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अहिले सडकको मर्मत सुरु भएको र हरेक १/१ घण्टामा सवारी साधनलाई पालो गरेर गन्तव्यमा पठाईने जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा खनिएको खाडल र डाइभर्सनका कारण यो सडकको यात्रा कष्टकर बनेको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology