तीज र दर

NAWALPUR TIMES

तीज र दर
राजन पाण्डे

तीज र दर

राजन पाण्डे-

समाजले आफ्नो सहजताको लागि विविध संस्कृति सृजना गर्दछ । संस्कृति परिस्कृत, परिमार्जित र थप हुंदै गएमा मानिसको जीवन पद्दति सहज, सरल र गुणस्तरयुक्त वन्दछ, तर विकृत भएमा ठिक उल्टो परिस्थिति आउंछ ।

आज भोली तीजका सन्दर्भका हुनेगरेका देहायका कार्य, यसका सम्भावित असर-प्रभाव र समाधानका उपायका विषयमा चर्चा गर्ने प्रयास गरेको छु:

कार्यहरु:
१. तीज आउन एक डेढ महिना अगावै देखि दर कार्यक्रम,
२. भड्किला उपहार लेनदेन,
३. गर गहना र लुगा वस्त्र खरिद र प्रदर्सनि,
४. मदिरा जन्य पदार्थको उपभोगमा सिकाई र उपभोगमा वढोत्तरी
५. संस्कृति र सामाजिक मर्यादाबाट टाढिएका गित संगितको जगजगी,
६. वडा, नगर तथा अन्य सार्वजनिक निकाय र सामुदायिक सघ संस्था तथा सामाजिक अगुवासंग दर कार्यक्रमका लागि बाध्यात्म रुपमा मागिने सहयोग र फजुल खर्च

असरहरु/ प्रभावहरु :
१. ” दर खान हिड्नेलाई रहर वांकी परिवारका
सदस्यलाई कहर”
२. कार्यालय, उद्यम वा कुनै पेसा व्यावसायमा लगाउनु
पर्ने समयको वरवादी भएको,
३. खर्चिलो र रवाफि संस्कारको प्रवर्दन भएको,
४. हुने र नहुने वीचको दुरि वढ्दै गएको, जसको कारण
सामाजिक विभेद र असमानतालाई प्रवर्दन भएको
५. उपभोगमुखि संस्कारको विकास हुदै जांदा वचत र
पुंजि परिचालन प्रभावित भएको,
६. स्वास्थ्यमा नकारात्मक असर परेक‍,

समाधानका उपाय:
१. तीजको सास्कृतिक तथा सामाजिम महत्व र त्यसलाई व्यवहारमा सावित गर्ने संस्कार र प्रवृति विकास गर्ने/ सिकाउने शिक्षा पद्दतिको विकास गर्ने,
२. महिलावादि नेतृत्वले यस सवालमा समालोचनात्मक खवरदारीका अभियान चलाउने,
३. महिला मैत्रि संस्कार घर, परिवार, कार्यस्थल सवै तिर सृजना गर्ने,
४. उपभोगमुखि संस्कार वाट वचतमुखि संस्कारमा रुपान्तरण हुने सचेतना वढाउने,
५. तीज आउन ३ दिन भन्दा अघि दर खुवाउने, उपहार दिने लिने कार्यलाई संस्थागत तरिकाले गर्न नपाईने गरि सरकारले नियम लगाई त्यसको कडाईका साथ कार्यान्वयन गर्ने,

अन्त्यमा, सम्पुर्ण नेपालि आमा, दिदि वहिनीहरुलाई हरितालिका (तीज) को हार्दिक शुभकामना ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology