जिल्ला अदालतको फैसलाउपर पुनरावेदनका लागि सन्दीप उच्च अदालतमा

NAWALPUR TIMES

जिल्ला अदालतको फैसलाउपर पुनरावेदनका लागि सन्दीप उच्च अदालतमा
354411.6

कावासोती । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन् । आजै निवेदन दर्ता गर्न उनी कानून व्यवसायीसहित पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology