जलयात्रामा रमाउन चाहने पर्यटकका लागि नयाँ गन्तब्य बन्दै दोलालघाट

NAWALPUR TIMES

जलयात्रामा रमाउन चाहने पर्यटकका लागि नयाँ गन्तब्य बन्दै दोलालघाट
Screenshot 2024 12 02 20 37 59 15 be80aec1db9a2b53c9d399db0c602181

काठमाडौं

काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका स्थित दोलालघाटमा जेट बोट संचालनमा आएको छ ।
पर्यटकिय क्षेत्र मानिने दोलालघाटमा मङ्सिर १६ गते देखि अत्याधुनिक प्रबिधिको जेट बोट संचालनमा आएको हो ।

भुम्लु गाउँपालिकाको सहकार्यमा महाकाल वाटर सर्विसेस एण्ड रिसोर्टद्वारा संचालित जेटबोट सुनकोशी र इन्द्रावती नदिमा चल्नेछ । गाउँपालिकाले जेट बोट संचालनका कारण आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने बिश्वास राखेको छ ।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामाले जेट बोटका कारण आन्तरिक पर्यटनमा टेवा पुग्ने बताउँदै पर्यटन ब्यवसायीहरु आकर्षित हुँदा स्थानिय राजस्वमा वृद्धि हुने बताउँछन ।

महाकाल वाटर सर्भिसेजका संचालक प्रभास न्यौपानेका अनुसार जेट बोटमा एक पटकमा १० जना पर्यटकले ८ किलोमीटर लामो जल यात्राको मजा लिन सक्नेछन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology