जंगली च्याउ खाँदा देवचुलीमा एकै परिवारका ५ जना बिरामी

NAWALPUR TIMES

जंगली च्याउ खाँदा देवचुलीमा एकै परिवारका ५ जना बिरामी
Chyau

कावासोती । ।नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा घरमा रहेका सदस्य बिरामी भएका हुन् ।

च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ । बिरामी हुनेहरुमा धनमायासहित बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology