घुमारी घाट क्षेत्र भित्र चर्च बनाउन बजेट विनियोजन : हिन्दुवादी संघसंस्थाको विरोध

NAWALPUR TIMES

घुमारी घाट क्षेत्र भित्र चर्च बनाउन बजेट विनियोजन : हिन्दुवादी संघसंस्थाको विरोध
ghumari

कावासोती । नवलपुरको बुलिङ्गटार गाउँपालिकाको वडा नं ६ रहेको हिन्दुहरुको तिर्थ स्थल घुमारीघाट क्षेत्रमा चर्च बनाउन बजेट विनियोजन गरिएको छ ।

घुमारी घाटको क्षेत्र भित्र चर्च निर्माण गर्नका लागि पालिक स्तरीय योजना बनाई बजेट छुट्टाएर काम अगाडी बढाउन सम्झौता गरेर काम अगाडी बढाउन लागिएको तथ्य बाहिरिए पछि हिन्दुहरुको धार्मिक तिर्थ स्थल घुमारीघाट धार्मिक अतिक्रमणको चपेटामा पर्ने धार्मिक अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छ्न ।

बुलिङ्गटारको गाउँ सभाले पास गरेको आ.व ८०/८१ को बजेटको १४७ नं बुदाँमा घुमारी ढासीँ चर्च निर्माणका लागि ५ लाख विनियोजन गरिएको उल्लेख छ ।

विनियोजित बजेट बाट काम सम्पन्न गर्न जसमाया पुलामीको संयोजकत्वमा उपभोक्ता समिति समेत गठन भएर योजना सम्झौता समेत भएको बुलिङटार -६ का वडा अध्यक्ष मोहन पाठकले बताए ।

घुमारीघाटमा बन्दै गरेको मन्दिर र आमा आश्रम क्षेत्र भित्र चर्च बनाउन बजेट छुट्टाएर योजना सम्झौता गरि काम अगाडी बढाएर धार्मिक द्वन्द फैलाउन लागिएको भन्दै हिन्दुवादी संघ संस्थाहरुले तत्काल चर्चको निर्माण रोक्न माग गरेका छ्न । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विश्व हिन्दु महासंघ नवलपुर, विश्व हिन्दु युवा संघ नवलपुर र माई नेपाल नवलपुरले घुमारीघाट जस्तो पवित्र धार्मिक स्थलमा निर्माण गर्न लागिएको चर्चको काम अगाडि नबढाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन ।

“नेपाललाई ईसाईकरण गर्ने कुनै पनि योजना हामीलाई मान्य हुने छैन । यथाशिघ्र निर्णय फिर्ता लिएर चर्च बनाउने प्रक्रिया नरोके विश्व हिन्दु महासंघ नवलपुर चरणबद्ध आन्दोलनमा उत्रने समेत यसै प्रेस विज्ञप्ति मार्फत् जानकारी गराउन चाहान्छौ। बुलिङ्गटार गाउँपालिका प्रमुख र समग्र कार्यपालिकालाई समेत यो निर्णय तत्काल फिर्ता गर्न गराउन हामी ध्यानाकर्षण गराउन चाहान्छौ,” बिज्ञप्तिमा भनिएको छ ।

धार्मिक कथाहरुमा उल्लेख भए अनुसार ऋषि जमदग्नीको कामधेनु गाईलाई नियन्त्रणमा लिग्न सुरबिर दैत्यले लखेट्दै त्यस स्थानमा आएको थियो। जहाँ (अहिलेको घुमारी घाट भनिने स्थानमा )भगवान शिव तपस्या गरेर बसेका थिए । कामधेनु गाईले शिबलाई आफुलाई बचाउन हार गुहार गर्दा पनि भगवान शिव तपस्या भङ्ग गरेनन । त्यसपछि कामधेनु गाईले देबि पार्वतीलाई आफ्नो रक्षा गर्न गुहारिन । देवि पार्वती कालिको रुपमा  प्रकट भएर दैत्य सुरुबिरको बध गरेकि थिइन । त्यसैले यस स्थानलाई सुरुवातमा सुरबिर बध घाट भनेर पनि चिनिन्थ्यो । पछि कामधेनु गाईले आफुलाई सधै रक्षा गर्न देवि कालिलाई अनुरोध गरेपछी देबि कालि कालीगण्डकी नदि बनेर कामधेनु गाईको वरिपरि बगिन ।

 

पछि यसै स्थानमा ऋषि कौशिकले तपको बलद्वारा तपस्यामा लिन भएका भगवान शिबको तपस्या भङ्ग गराएका थिए । पहिले पहिले घुमारी क्षेत्रमा प्रबेश गर्दा गाईको दूध र गोबरको गन्ध आउने गरेको स्थानिय बताउँछन । जहाँ अहिले पनि कामधेनुको मन्दिर र शिबले तपस्या गरेको गुफा देख्न सकिन्छ ।

बुलिङ्गटार गाउँपालिका केन्द्रबाट १० किमि र महेन्द्र राजमार्गबाट ४२ किमिको दुरिमा रहेको घुमारि घाट ऐतिहासिक तथा धार्मिक रुपले निकै महत्वपूर्ण मानिन्छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology