घाँटीमा टप अडकिएर बालिका घाईते

NAWALPUR TIMES

कावासोती । नवलपुरको देवचुली नगरपालिका-१४ छत्तिसघरेमा १४ महिनाका बालिकाको घाँटीमा टप अड्किएर घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बालिकाका खेल्ने क्रममा आफ्नै आमाको कानमा लगाउने प्लाष्टिक र धातुले बनेको टप निल्न गई घाँटीमा अड्किएर घाइते भएकी हुन् ।

सरला दुवाडीकी १४ महिना छोरी इशानिया दवाडी घाइते भएकी हुन् । बालिकालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनमा लगिएको प्रहरीले जनाएको छ ।

बालिकाको स्वास्थ्य अवस्था मध्यम रहेको र अप्रेशन गरेर घाँटीमा अड्किएको टप निकाल्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology