गैँडा मारेर फरार रहेका बोहोरा ३ वर्ष पछि पक्राउ

NAWALPUR TIMES

गैँडा मारेर फरार रहेका बोहोरा ३ वर्ष पछि पक्राउ
20240124 113808 scaled

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा २ वटा गैँडा मारेर फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छ्न ।

निकुञ्ज निकुञ्जको संयुक्त गस्ती टोलिले ३ वर्ष देखि फरार रहेका चितवन राप्ती नगरपालिका वडा नं. ६ बस्ने टिकाराम बोहोरा भन्ने खेसर बहादुर बोहोरालाई हेटौडा उप महानगरपालिका वडा नं २ चौकीटोलबाट पकाउ गरेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार २०७६ को भदौ ३१ गते अमलटारी सेक्टर अन्तर्गतको बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भाले गैंडाको मारेर खाग काटेर लगेको तथा २०७७ को कार्तिक २० गते भोसारघाट तर्फ आईल्याण्ड क्षेत्रमा गोलि हानेर गैँडा मारेर खाग लगेको घटनामा संलग्न रहेका बोहोरा ३ वर्ष देखि फरार रहेका थिए । उक्त घटनामा आरोपित २४ जना मध्ये २० जना यस अगाडि नै पक्राउ परेका थिए भने बोहोरा गत मंगलबार पक्राउ परेका हुन । सूचना अधिकारी तिवारीका अनुसार घटनामा संलग्न ३ जना अझै फरार रहेका छ्न ।

बोहोरालाई बयान तथा थुन छेक आदेशका लागि चितवन जिल्ला अदालत पेश गरिएको तिवारीले जानकारी दिएका छ्न ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology