क्षेत्र “घ” सम्मेलनको लागि गैंडाकोट जेसीजको तयारी तिब्र

NAWALPUR TIMES

क्षेत्र “घ” सम्मेलनको लागि गैंडाकोट जेसीजको तयारी तिब्र
Messenger creation FB06396B 5541 45F1 BC21 679EFC3CB127

अजय पौडेल, गैंडाकोट । नेपाल जेसीजको आयोजनामा हरेक वर्ष हुने जेसीजको यो वर्षको क्षेत्र “घ” सम्मेलनको लागि गैंडाकोट जेसीजले तयारी तिव्र पारेको छ ।

गैंडाकोट जेसीजको आतिथ्यमा यही भदौ २८ र २९ गते जेसीजको क्षेत्र “घ”सम्मेलन हुन लागेको हो। क्षेत्र “घ”अन्तर्गत नवलपुरको गैंडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्म रहेको छ । क्षेत्र सम्मेलनलाई जेसीज अभियान महत्वपूर्ण सम्मेलनको रुपमा लिने गरिन्छ । सम्मेलनले नवलपुरको पर्यटन प्रवर्द्धन,युवा जागरणमा टेवा पुग्ने  विश्वास लिइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन नेपाल सरकारका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले गर्नुहुने भएको छ । विशेषत: जेसीजलाई १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको संस्थाको रुपमा लिने गरिन्छ । यसर्थ पनि जेसीजको क्षेत्र सम्मेलनमा सो उमेर समुहका युवाहरुको सहभागिता रहने गर्दछ ।

क्षेत्रीय सम्मेलनका लागि आवश्यक कामहरु भईरहेको सम्मेलन निर्देशक एवं गैंडाकोट जेसीजका पूर्व अध्यक्ष गोकुल सापकोटाले जानकारी दिनुभयो । सम्मेलनमा देशभरबाट करिब १००० भन्दा बढिले सहभागिता जनाउने सम्मेलन निर्देशक सापकोटाले बताउनुभयो ।

सम्मेलन जेसीजको आन्तरिक सम्मेलन भए पनि देशभरबाट प्रतिनिधिहरू आउने भएकाले सम्मेलनलाई यस क्षेत्रको कला,संस्कृतिको प्रर्दशनी, स्थानीय उत्पादनको प्रबर्द्धन एवं पर्यटकीय आकर्षणको माध्यमबाट गैंडाकोटलाई चिनाउने गरि उपयोग गरिने गैंडाकोट जेसीज वर्ष २०२४ का अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो ।

सन २००७ मा स्थापना भएको गैंडाकोट जेसीजले यस अगाडी सन २०१२ मा पनि क्षेत्र “घ”सम्मेलन सफलतापुर्वक सम्पन्न गरिसकेको छ । गैंडाकोट २ स्थित होटल नारायणीमा आयोजना हुने क्षेत्र “घ” सम्मेलन सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरुले आ-आफ्नो कामलाइ तिव्रताका साथ गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

सम्मेलनमा भाग लिन आउने अतिथिहरूका लागि आवास व्यवस्थापनदेखि अतिथिहरूको आमन्त्रण र प्रचारप्रसारका काम अन्तिम चरणमा पुगेको सम्मेलन सचिव तथा गैंडाकोट जेसीजका पुर्व अध्यक्ष दया सापकोटाले जानकारी दिनुभयो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology