कावासोतीमा सन्चालन भएको मोतिविन्दु अपरेसन शिविरको पहिलो दिन १ सय २५ जनाको आँखाको शल्यक्रिया

NAWALPUR TIMES

कावासोतीमा सन्चालन भएको मोतिविन्दु अपरेसन शिविरको पहिलो दिन १ सय २५ जनाको आँखाको शल्यक्रिया
466429700 1624576371815951 2320515260125701141 n

कावासोती । कावासोतिमा शुरु भएको निशुल्क मोतिबिन्दुको आँखा शिबिरमा पहिलो दिन (आईतबार) १ सय २५ जनाको मोतिविन्दुको शल्यक्रिया तथा २४३ जनाकोआँखा को परीक्षण गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा यस अगाडी आयोजना गरिएको आँखा परीक्षण शविरमा फेलापरेका मोतिविन्दुका बिरामीहरुको लागी आईतबार देखि मंगलबार सम्म कावासोति–८ स्थित अपाङ्ग पुनस्थापना केन्द्र भवनमा मोतिविन्दु अपरेशन शिविर संचालन गरिएको क्लबका सस्थापक अध्यक्ष भरत पोख्रेलले बताए ।

जिल्लामा प्रत्येक बर्ष रोटरी क्लब कावासोतिले मोतिबिन्दुको निशुल्क अपरेसन गर्दै आएको छ । गत बर्ष सम्ममा क्लबले करिब १ हजार १ सय जनाको मोतिबिन्दुको अपरेसन गरेको क्लबका पुर्ब अध्यक्ष हरिहर अधिकारीले जानकारी दिए ।

जिल्लामा यस बर्ष मोतिबिन्दुका करिव ३ सय देखि ४ सय जना सम्म बढ्ने आयोजकले जनाएको छ । “दृष्टि सबैका लागि, नवलपुरबाट मोतिविन्दु निर्मुल अभियान“ भन्ने उदेश्यका साथ ५ बर्ष भित्र नवलपुरबाट मोतिबिन्दुका बिरामी नरहेको जानकारी गराउन आफुहरु लागिपरेको क्लबका संस्थापक अध्यक्ष पोख्रेलले बताए ।

रोटरी क्लव अफ कावासोतिको आयोजनामा तथा तिलगंगा आँखा अस्पताल काठमार्डौको प्राविधिक सहयोगमा सुरु भएको शिविर तीन दिन सम्म चल्ने छ । अपरेसनको लागि क्लबले स्थानिय पालिका र रोटरी क्लबका सदस्यबाट सहयोग मागेर शिबिर संचालन गर्दै आएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology