कावासोतीमा दोस्रो नेपाल चरा उत्सब सुरु

NAWALPUR TIMES

कावासोतीमा दोस्रो नेपाल चरा उत्सब सुरु
1707492011484

कावासोती । नवलपुरको कावासोतीमा दोस्रो नेपाल चरा उत्सब सुरु भएको छ ।

पोखरा पंक्षी समाजको आयोजना तथा जटायु रेष्टुरेन्ट र बर्ड एजुकेसन सोसाइटीको सह आयोजनामा कावासोती-१३ गैरीमा शुक्रबार देखि चरा उत्सब सुरु भएको हो ।

नेपालका ३० वटा जैविक विविधता सँग जोडिएका संघसंस्था सहित भारत, फ्रान्स, जापान, अमेरिका, मलेसिया, ताईवानका प्रतिनिधि सहभागी भएको उत्सब ३ दिन सम्म चल्ने पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

उत्सबमा पंक्षी पहिचान तालिम , ट्रेल प्याकेज , फोटो प्रदर्शनी , पंक्षी कला प्रदर्शनी , पेपर तथा पोस्टर प्रस्तुति , गिद्धका गतिविधि अवलोकन तथा जङ्गल सफारी , लोक संस्कृति प्रस्तुति, चित्रकला प्रतियोगिता सहित विविध विषयमा छलफल हुनेछ।

उत्सबमा चरा सम्बन्धि जानकारी दिने स्टलहरु, चराहरुको फोटो प्रदर्शनी, वाईल्ड लाईफ फोटोग्राफीका सामान, वाईल्डलाईफ पोशाक, चरा तथा जैविक विविधता सम्बन्धि पुस्तक बिक्री केन्द्र राखिएको छ ।

चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गरिएको सह आयोजक संस्था जटायु रेष्टुरेन्टका अध्यक्ष डिबि चौधरीले बताए ।

उत्सबको कावासोती नगरपालिकाकि उपप्रमुख फुलकुमारी थनेतले शनिबार उदघाटन गरेकी हुन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology