कावासोतीमा जलवायु अनुकूलन कार्यक्रम

NAWALPUR TIMES

कावासोतीमा जलवायु अनुकूलन कार्यक्रम
received 299647969275501 1

सालिकराम कोइराला,कावासोती । वातावरण पत्रकार मञ्चले शनिवार कृषक महिला तथा गृहिणीहरूका लागि दुई दिवसीय ‘जलवायु अनुकूलन कार्यक्रम’ सम्पन्न गरेको छ।कावासोतीको स्वस्तिक पार्टी प्यालेसमा संचालित कार्यक्रमको समापन समारोहलाई नगर उपप्रमुख फुल कुमारी थनेतले संवोधन गर्दै परिवर्तित जलवायु अनुसार कृषि प्रणाली अपनाउनुपर्ने कुरामा जोड दिईन् ।

जलवायु परिवर्तनले विश्वव्यापी रूपमा देखा परेको समस्या, हरित गृह ग्याँस उत्सर्जनको अवस्था र कृषि तथा पशुपालक किसानले अपनाउनु पर्ने अनुकुलनको तरिकाको बारेमा डा.टेकराज पौडेलले सहजिकरण गरेका थिए। उनि कावासोती नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख हुन् ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालय क्षेत्र र समुद्री तटमा पर्ने भएता पनि हाल सम्पूर्ण विश्व जगत जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबाट आक्रान्त छ। उत्सर्जन न्यूनिकरण गर्न नसक्ने हो भने विश्वव्यापी उष्णता अझ वृद्वि हुँदै जान्छ र यसले पृथ्वीको भविष्यमाथीनै प्रश्न चिन्ह खडा गर्छ। समयमै अनुकुलनका अभ्यासमा जोड दिंदा यसबाट हुने क्षति कम गर्न सकिन्छ।

कार्यक्रममा कृषक महिला तथा गृहिणीहरूलाई खाद्यान्नको अर्गानिक उत्पादन, पशु घाँस उत्पादन एवं भण्डारण, सिंचाइको उचित तौर तरिका र पद्वतिको बारेमा जानकारी गराइएको थियो। यस अतिरिक्त रासायनिक विषादीको निस्तेज, खाद्व शुरक्षा, मानव स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याका बारेमा समेत सजग गराइएको थियो।

जलवायु अनुकूलन कार्यक्रमले आफुहरूलाई धेरै नयाँ कुरा सिक्नु पर्ने अनुभूति र उत्प्रेरणा प्रदान गरेको सहभागीहरूले बताए। दुई दिवसीय कार्यक्रममा कुल ५२ जनाको सहभागिता रहेको थियो। सहभागी मध्ये ४० जना कृषक महिला तथा गृहिणीहरूलाई वातावरण पत्रकार मञ्चले आकर्षक साडी उपहार सहित टिका लगाएर बिदाइ गरेको थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology