कावासोतीमा कार दुर्घटना हुँदा दुई घाइते

NAWALPUR TIMES

कावासोतीमा कार दुर्घटना हुँदा दुई घाइते
received 755802179220542

कावासोती- नवलपुरको कावासोती जंगलमा सोमबार साँझ कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । प्रहरीको प्ररम्भिक अनुसन्धान अनुसार कार चालकले मादक पदार्थ सेवान गरेको खुलेको छ ।

जिल्ला प्रहरीका अनुसार कावासोती र लोकाहा जंगलको बीचमा नारायणगढतर्फ जाँदै गरेको बा १४ च २९३९ नम्बरको कार राजमार्गको उत्तरतर्फ माटो थुपारेको ठाउँमा दुर्घटना हुँदा कार पल्टिएर उत्तानो परेको छ। मादक पदार्थ सेवन गरेका चालकले धुलाम्मे सडकमा तीव्र गतिमा कार गुडाउँदा दुर्घटना भएको डीएसपी सन्तोष ढकालले जानकारी दिए ।

कारमा रहेका दुई यात्रु घाइते भएका छन् । महेन्द्रराजमार्ग फराकिलो बनाउने क्रममा भत्काइएको सडकमा तीव्र गतिमा हुइँकिएको कार माटोको ढिस्कोमा परेर दुर्घटना भएको प्रत्यक्षदर्शी साहिल मिया जफ्फरले बताए । राममार्ग बनाउँदै गरेको माटोमा ढिस्कोमा तीव्र गतिको कार पर्दा पाँग्रा उत्तोनो परेर पल्टिएको छ ।

दुर्घटनास्थलबाट कार हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य छ । कारमा सवार यात्रुको बारेमा जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । कार दुर्घटना भएपछि राजमार्गमा काम गरिरहेका मजदुरले उद्धार गरेका थिए ।

कान्तिपुर बाट साभार

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology