कावासोतीको नमूना मध्यवर्ती वन क्षेत्रमा भेटियो दुर्लभ बैकाल गैरी चरा

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २३ गते १५:५४
कावासोतीको नमूना मध्यवर्ती वन क्षेत्रमा भेटियो दुर्लभ बैकाल गैरी चरा
FB IMG 1704708195620

सन्जय भट्टराई,कावासोती । विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोती-१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाट नजिकै नारायणी नदिमा फेला परेको छ ।

प्रकृति संरक्षणका लागी अन्तराष्ट्रिय संघ (आईयुसिएन)ले समेत खतरामा परेका प्रजातीहरुको रातो सूचीमा राखेको हाँस प्रजातीको बैकाल गैरी चरा नेचर गाईड मान चौधरीले शनिबार फेला पारेका हुन ।

यस भन्दा अगाडी नेपालमा बैकल गैरी चरा ठूला नदी र तालहरूमा रेकर्ड गरिएको भएपनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको  जलपंक्षी गणनाका पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताए ।

जाडो महिनामा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको आँकलन गरिएको छ । मंगोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरिया लगायतका देशहरूबाट आगन्तुक चराहरू यतिबेला नारायणी नदी र आसपासको क्षेत्रमा आएका छन् ।

यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा बढी छन् । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरू आउने भएपछि चरा गणना गर्ने गरिन्छ।

प्रकाशित : २०८० पुष २३ गते १५:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI