कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दल नवलपुरको मार्चपास

NAWALPUR TIMES

कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दल नवलपुरको मार्चपास
1694264946804

कावासोती । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथी भएको सांघातिक हमलाको विरोधमा नेपाल तरुण दल नवलपुरले जिल्ला सदरमुकाम कावासोतीमा मार्चपास गरेको छ ।

कावासोतीको ईन्द्र चोक बाट सुरु भएको तरुण युवाहरुको मार्च पास फलफुल चोकमा गएर कोण सभामा परिणत भएको थियो । तरुण दलका केन्द्रिय सदस्यहरु गोविन्द क्षेत्री, आरसी भट्टराई, कृष्ण धरेल सहित नवलपुर जिल्लाका तरुण नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको मार्चपासमा सांघातिक हमला गर्नेलाई कडा कार्वाही तथा शान्तिसुरक्षा मिलाउन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा समेतको माग गरिएको थियो ।

मार्चपास पछिको कोणसभालाई केन्द्रिय सदस्य आरसी भट्टराई र जिल्ला अध्यक्ष मीन घलेले सम्बोधन गरेका थिए भने जिल्ला उपाध्यक्ष राजन सुवेदीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।  टाउको र गर्धनमा चोट लागेका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology