कर तिर्ने सर्तमा क्रसरहरु सञ्चालन गर्न दिने सरकारको निर्णय

NAWALPUR TIMES

कर तिर्ने सर्तमा क्रसरहरु सञ्चालन गर्न दिने सरकारको निर्णय
cabinet prachanda 1

काठमाडौं । सरकारले कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले क्रसर उद्योग संचालनमा नआए विकास निर्माणमा प्रभाव पर्ने भन्दै अवैधलाई बन्द गर्ने तर दर्ता भएर पनि कर नतिरेका छन् भने सर्तसहित संचालन गर्ने निर्णय गरेको हो । लोकपथ अनलाइन बाट साभार

सरकारले क्रसर उद्योगसँग सम्बन्धित कानुन बनाउने गरी तयारी गर्ने समेत निर्णय गरेको स्रोतले जनाएको छ ।

अहिले कर नतिरी संचालनमा रहेका क्रसर उद्योगहरूलाई असार मसान्तसम्म कर तिर्ने अवधि दिएर त्यसपछि नयाँ कानुनअनुसार संचालन गर्न दिने निर्णय भएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology