एकीकृत दुग्ध विकास सहकारीको रजतवर्षको अवसरमा रक्तदान सम्पन्न

NAWALPUR TIMES

एकीकृत दुग्ध विकास सहकारीको रजतवर्षको अवसरमा रक्तदान सम्पन्न
FB IMG 1726452770721

शारदा झेडी मगर, कावासोती । एकीकृत दुग्ध विकास सहकारी संस्था लिमिटेड कावासोती-८ले आईतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको रजतवर्षको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५ जना महिला सहित ४४ जनाले रक्तदान गरेका छन् । रक्त संचार केन्द्र नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीको प्राविधिक सहयोगमा रक्त संकलन कार्य सम्पन्न भएको रजत वर्षका कार्यक्रम संयोजक रुद्र प्रसाद सापकोटाले जानकारी दिए ।

संस्थाका अध्यक्ष बालकुमार शर्मा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका संस्थापक सभापती टिकाराम कंडेल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा पुर्व अध्यक्ष हरि प्रसाद अधिकारी, सामाजिक एवं शैक्षिक ब्याक्तित्व भोजराज दाहाल, नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाका अध्यक्ष बाबुराम कंडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए। व्यवस्थापक पदम शर्मा भुषाले संचालन गरेको कार्यक्रममा संयोजक रुद्र प्रसाद सापकोटाले स्वागत गरेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology