आहारा प्रजाती र बासस्थानमा सुधार हुँदा निकुञ्जमा बाघको संख्या बढदै

NAWALPUR TIMES

आहारा प्रजाती र बासस्थानमा सुधार हुँदा निकुञ्जमा बाघको संख्या बढदै
chitwan national park yK7wOAmwcl

सन्जय भट्टराई, कावासोती । सन २००९/१० को सर्वेक्षणमा ९१ वटा पाटे बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या १ सय २८ पुगेको छ । आहारा प्रजाती र बासस्थानको सहजता हुदैँ गए पछि निकुञ्जमा एक सिङ्गे गैँडा पछि पाटे बाघको महत्वपुर्ण उपस्थिति देखिएको हो ।

बाघको बासस्थान सुधार, घाँसे मैदान व्यवस्थापन, जंगलभित्र घोल तथा पोखरी निर्माण, आहारा प्रजातिको व्यवस्थापनमा निकुञ्जले विशेष चासो बढाए सँगै बाघको संख्यामा बढोत्तरी हुदैँ गएको निकुञ्नका प्रमुख संरक्षण अधिकृत डिलबहादुर प्रजा पुन बताउछन । सँगसँगै समुदायस्तरमा गठित चोरीसिकार नियन्त्रण कार्यदल, सुरक्षा निकायको नियमित गस्ती र आखेट उपहार बिक्रीवितरणमा नियन्त्रण आउदैँ गएकाले पनि बाघको संरक्षणमा सफलता हात पर्दै गएको प्रमुख पुनले बताए ।

निकुञ्ज भित्र बाघको लागी खाना, छाना, पानी र ठेगानाको अवस्थामा सुधार हुदैँ गएकाले बाघको संख्यामा वृद्धि हुदैँ गएको पुनले बताए । निकुञ्ज भित्र बासस्थान र पानी सँगै प्रति वर्ग किलोमिटर एक सय वटा आहारा प्रजाती रहेकाले विशेष परिस्थिति बाहेक बाघ खानाको लागी बाहिर निस्किन पर्ने अवस्था नरहेको पुनले बताए । “अहिलेको अवस्थामा कुनै विशेष परिस्थिती बाहेक निकुञ्ज भित्र बाघको लागी खाना, छाना, पानी र ठेगानाको प्रबन्ध राम्रो छ, प्रति वर्ग किलोमिटर एक सय वटा आहारा प्रजाती उपलब्ध छ, विशेष परिस्थिती बाहेक बाघ बाहिर निस्किदैन ।”, पुनले भने । उनका अनुसार सन २०२२ को गणनामा १२८ बाघ फेला परेको र यो संख्या अझै बढदै जाने अध्ययनले देखाएको हो ।

पुनले भने जस्तै विशेष परिस्थिती अर्थात बुढो अथवा घाईते भएको बाघ निकुञ्न भित्र शिकार गर्न नसक्दा मानव बस्तीमा प्रवेश गर्ने र बाघ–मानव बिचको द्वन्द भने बढन सक्ने समस्या भने यदाकदा देखिने गरेको छ । चितवन राष्ट्रिय निकुञ्नको हकमा प्राकृतिक बासस्थानमा रहेका बाघमध्ये जम्मा ५ प्रतिशत द्वन्द्वमा आउन सक्ने अध्ययनले देखाएको पुनले बताए  । उनका अनुसार द्वन्द्वमा आउन सक्ने बाघ भनेकै बुढो र घाइते हुन । पुनका अनुसार निकुञ्जले त्यस्ता बाघको नियमित अनुगमन र पहिचान गरेर द्वन्द्व घटाउन आवश्यक कदमहरु चालेको छ । द्वन्द्वमा आउन सक्ने बाघको पहिचान गरेर त्यसलाई व्यवस्थापन गर्न सम्भावित व्यवस्थापन पद्धति अवल्म्बन गरिएको पुनले बताए । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीका घटनाहरु घटदै जादाँ बाघ संरक्षणमा थप टेवा पुगेको निुकञ्जका सुचना अधिकारी गणेश तिवारीले बताए । गत आ.वमा मृत्यु भएका ८ वटा बाघ प्राकृतिक कारणले मरेका उनले बताए ।

हाल चितवन राष्ट्रिय निकुञ्जमा १सय २८, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, बाँके राष्ट्रिय निकुञ्जमा २५, पर्सा राष्ट्रिय निकुञ्नमा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्नमा ३६ वटा गरेर नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology