आज हरिबोधनी एकादशी : नवलपुरका विभिन्न स्थानमा मेला लाग्दै

NAWALPUR TIMES

आज हरिबोधनी एकादशी : नवलपुरका विभिन्न स्थानमा मेला लाग्दै
466008079 550580254360254 2733601534724832774 n

कावासोती । एकादशीको अवसरमा नवलपुरको नारायणी नदि तटका धार्मिकस्थलहरुमा बिहानै देखि मेला भर्ने तथा पूजा गर्नेहरुको चहलपहल सुरु भएको छ । जिल्लाको पिठौली, केउरानी, सिख्रौली घाट, गुन्द्रही, गैडाकोट र त्रिवेणीधाममा मेला भर्ने र नारायणी स्नान गर्न भक्तालुहरु बिहानै देखि नारायणी नदि किनारमा जम्मा भएका छ्न ।

यस वर्ष ३ दिन अगाडी बाटै नारायणी नदि किनारमा मेला सुरु भएको छ । स्थानीय मेला व्यवस्थापन समिति, युवा क्लब, टोल सुधार संस्थाहरुले व्यवस्थापन गरेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिने कावासोतीको पिठौलीमा रहेको एकादशी मेला व्यवस्थापन समितिका संयोजक सागर गुरुङले बताउनु भयो ।

जिल्लाका विभिन्न स्थानमा लागेका मेलाहरुमा स्थानीयरुपमा उत्पादन भएका तरुल, सखरखण्ड, सुन्तला लगाएतका कृषिजन्य उत्पादनको खरीद बिक्री गर्नेहरुको भिड पनि देख्न सकिन्छ । यसै बिच जिल्लाका स्थानीय तहहरुले जिल्लामा ठुली एकादशीको अवसरमा बिदा दिएका छ्न

वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । संस्कृतमा ‘बोधन’ भन्नाले उठाउनु भन्ने अर्थ हुन्छ । त्यसैलै भगवान् हरिलाई उठाउने तिथि भएकालाई यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो । कात्तिक शुक्ल एकादशीमा पर्ने यस हरिबोधनी एकादशीमा व्रत र भगवान् विष्णुको उपासना गर्नाले एक हजार अश्वमेध यज्ञ गरे बराबरको फल पाइने कुरा पद्म पुराणको उत्तरखण्डमा उल्लेख गरिएकोको पण्डित रिमप्रसाद आचार्य बताउनु हुन्छ ।

धार्मिक मान्यता अनुसार एकादशीका दिन नारायणी नदिमा स्नान गर्नाले पुण्य मिल्ने जन विस्वास रहेको छ । जिल्लाको विभिन्न स्थानमा नारायणी नदि किनारमा लागेका मेलामा तुलसी विवाहा, तोरण तार्ने जस्ता धार्मीक अनुष्ठानहरु पनि आयोजना भएका गरिएका छन । हरिबोधनी एकादशीको दिन नारायणी स्नान, तुलसी विवाहा र तोरण तार्ने गर्नाले पुण्य प्राप्त हुने पण्डित रिमप्रसाद आचार्य बताउनु हुन्छ । पण्डित आर्चायका अनुसार वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङक्षा पूरा हुने धार्मिक विश्वास छ ।

हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परम्परा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ । भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राती जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology