कावासोती । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित खेल मैदानमा साढे ९ बजेबाट शुरु हुनेछ ।
जारी लिगमा नेदरल्याण्डसँग एक खेल खेलेको नेपालले खेल जितेको छ भने नेदरल्याण्डले तीनमध्ये एक खेल जितेको छ । जसमा नामिबियालाई नै पराजित गरेको हो । नेपालसँग भने नेदरल्याण्ड ९ विकेटले पराजित भएको थियो ।
पहिलो खेल जितेको नेपालले उच्च मनोबलका साथ नेदरल्याण्डलाई पनि हराउने लक्ष्यमा मैदान उत्रिँदैछ ।
											
											प्रकाशित :  २०८० फागुन  १३ गते ७:३३
										
										
										
	
										
										  
							 
						
Facebook Comment