अव हप्ताको सातै दिन बजार खुल्ने, संघमा आबद्ध व्यापारीलाई उपचार सेवामा ४० प्रतिशत छुट 

NAWALPUR TIMES

अव हप्ताको सातै दिन बजार खुल्ने, संघमा आबद्ध व्यापारीलाई उपचार सेवामा ४० प्रतिशत छुट 
1724157299321

कावासोती । हरेक हप्ताको शुक्रबार बजार बन्द हुँदै आएकोमा आज देखि छठ पछिकाे हरिवाेधनि एकादशी सम्म हप्ताको सातै दिन व्यापारिक फर्महरु खुल्ने भएको छ ।

नवलपुर उधोग बाणिज्य संघ, नवलपुरको आज सम्पन्न बैठकले हप्ताको सातैदिन व्यापार संचालन गर्ने निर्णय गरेको नवलपुर उधोग बाणिज्य संघ नवलपुरका  महासचिव सागर पोख्रेलले जानकारी दिए।

नेपालीहरुको चाडपर्व शुरु भए सगै बजारमा चहल पहल बढ्ने र चाडपर्व सकिए सँगै व्यापार व्यवसायमा समेत मन्दि हुने गरेकोले उद्योग वाणिज्य संघले विगत देखिनै चाडपर्वकाे आगमन सगै हप्ताको सातै दिन बजार खोल्ने गरेकाले जनै पुर्णिमा सँगै सातै दिन व्यापार व्यवसाय संचालन गर्ने निर्णय गरेको महासचिव पोख्रेलले बताए । चाडपर्व शुरु सगै सातै दिन संचालनमा रहने व्यापार– व्यवसाय छठ पछिकाे हरिबोधनि एकादशी सँगै हरेक शुक्रबार बजार बन्द गर्ने निर्णय भएको महासचिव पोख्रेलले बताए ।

यस्तै बैठकले नवलपुर उद्योग वाणिज्य संघमा आबद्ध भएको व्यापारिहरुलाई संघको सिफारिसमा चितवनमा रहेको भरतपुर सेन्ट्रल हस्पिटलमा उपचार गर्दा उपचार सेवामा ४० प्रतिशत, अस्पतालको फार्मेसिमा ७ प्रतिशत, आकस्मिक र ओपिडिमा समेत छुट प्राप्त गर्ने सम्झौतालाई अनुमोदन गरेको संस्थाका अध्यक्ष बैकुण्ठ अर्यालले  बताए ।

नवलपुर उद्योग वाणिज्य संघमा आवद्ध व्यावसायीहरुलाई आर्थिक सहयोग पुग्ने हिसावले चितवनको भरतपुर सेन्ट्रल हस्पिटल सँग नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशले गरेका सम्झौता अनुमाेदन गर्दै व्यावसायिकलाई बिरामि पर्दा आर्थिक राहात दिने कार्य गरिएकाे बताए । नवलपुर उद्योग वाणिज्य संघ, नवलपुरमा आवद्ध कुनैपनी व्यापारी बिरामी भएमा संघको सिफारीस पत्र सहित उपचार गर्न गएमा उपचारमा ४० प्रतिशत सम्म छुटको व्यवस्था भएको अध्यक्ष अर्यालले बताउनुभयो । स्वास्थ्य सेवा सम्झौता अवधि भने २०८४ चैत्र मसान्त सम्म लागु रहने समेत अध्यक्ष अर्यालले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology