अखिलको नयाँ नेतृत्वका लागि ८ बजेबाट मतदान, अध्यक्षमा तीन जनाकाे उम्मेदवारी

NAWALPUR TIMES

अखिलको नयाँ नेतृत्वका लागि ८ बजेबाट मतदान, अध्यक्षमा तीन जनाकाे उम्मेदवारी
1676190702

काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ। अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन्।

अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ बजेबाट मतदान हुनेछ। ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’ अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने।

सुनिता बराल नेतृत्वको पूर्वकमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ।

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन्। जारी महाधिवेसनले १५-१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ।

मंगलबारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आइतवार सुरु भएको हो महाधिवेसन आजसम्म चल्नेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology