प्राथमिक तहका बालबालिकाको पढाइ सीप विकासमा बुक कर्नरको प्रभावकारिता

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २६ गते ८:५८
प्राथमिक तहका बालबालिकाको पढाइ सीप  विकासमा बुक कर्नरको प्रभावकारिता

तेजचन्द्र खनाल-

१. परिचय (Introduction)

१.१.पृष्ठभूमि (Background)
प्रत्येक कक्षाकोठामा काठको या बाँसको या अरु कुनैको र्याक बनाएर विद्यार्थीको तह अनुरुप कक्षा कोठाको चार कुनामा राखिएको मिनि पुस्तकालय लाई नै बुक कर्नर भनिन्छ । जसमा विद्यार्थीका लागि आवश्यक पर्ने किताबहरुका साथसाथै विभिन्न सन्दर्भ पुस्तकहरु राखिएका हुन्छन जसलाई विद्यार्थीले आफ्नो समय, रुचि र आवश्यकतालाई मध्ये नजर गरेर विद्यालय समय वा अघिपछि बुक कर्नरको नियम बमोजिम पढ्न पाउने व्यवस्था मिलाइएको हुन्छ । विद्यार्थीको चौतर्फी सिकाइ–उपलब्धि वृद्धि गर्ने एउटा प्रभावकारी उपाय भनेको उनीहरूलाई आफैं सिक्ने प्रक्रिया र परिवेश जुटाइदिनु हो । स्व–सिकाइ (Self-Learning)  को निम्ति पढाइ–सीपको विकास हुनु अनिवार्य हुन्छ । पढाइ–सीप (Reading Skill)  विकास गर्ने सबैभन्दा उपयुक्त अवसर प्राथमिक कक्षाहरु हुन् । सानो उमेरका बालबालिकामा पढाइ–सीप विकास गर्न तुलनात्मक रूपमा सहज मात्रै हुँदैन, खर्चका दृष्टिले किफायती पनि हुन्छ । सानो उमेरमा नै बालबालिकाहरु मा पठन सिपको विकास गर्न सकियो भने बालबालिकाको भाषिक शुद्धता र पढ्ने बानीको विकास हुन्छ । उनिहरुमा नयाँ नयाँ कुरा खोज्ने, एक अर्कामा आफुले पढेका कुराहरु आदान प्रदान गर्न सहज हुन्छ ।

१.२. समस्याको कथन (Statement of the Problem)
कम उमेरका बालबालिकामा पठन सीप विकास गर्नु एक चूनौतीपूर्ण कार्य हो । नेपाल सरकार ले पनि साना कक्षा १(३ का बालबालिकाहरु लाई लक्षित गरी राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम समेत विद्यालय क्षेत्र सुधारका रुपमा लागु गरेको छ । यसले पनि के प्रष्ट हुन्छ भने पढाइ सीपको विकास सानै उमेरका बालबालिकाबाट गर्नु पर्दछ । त्यसैले यस अध्ययनमा पनि निम्न समस्याको अध्ययन गर्न खोजिएको छ ।
प्राथमिक तह कक्षा (१-५)का बालबालिकामा पढाइ(reading skill)  विकास गर्न बुक कर्नरको प्रभावकारिता के छ र ?

१.३.  अध्ययनको उदेश्य (Objectives of the Study):

साना उमेरका विशेष गरी कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुको पढाइ सीपको विकास गर्नु एक चूनौतीपूर्ण कार्य भएकोले उनिहरुको पठनसीप विकासमा बुक कर्नरले पनि मुख्य भूमिका खेलेको हुन्छ । पठनसीप विकासको लागि कक्षा कोठामा बुक कर्नर भयो भने बालबालिकाहरूले शिक्षकको अनुपस्थितिमा पनि विभिन्न पुस्तकहरु पढ्न पाउने र साथीभाई मार्फत छलफल र अन्तरक्रिया गर्न पाउने अवसर प्राप्त गर्दछन् । त्यसैले यस अध्ययनको मुख्य उदेश्य निम्नानुसार रहेको छ ।

प्राथमिक तह का बालबालिकामा पढाइ सीप विकास गर्न बुक कर्नरको प्रभावकारीताको अध्ययन गर्नु ।

१.४. अध्ययनको औचित्यता (Justification of the Study)
विद्यार्थीहरुले भोगिरहेका अनेकौं चुनौतीहरु मध्ये भाषिक समस्या एक हो । विद्यार्थीहरुको नेपाली भाषा सुधार गर्न, पढ्ने बानीको विकास गराउन, सृजनशिल बन्न सिकाउन, पुस्तक पढेर आत्मविश्वासको विकास गराउन तथा सकारात्मक जीवन दृष्टिको विकास गराउन लगाएतका विभिन्न कुरामा विद्यार्थीहरुको सिकाइ उपलब्धिलाई बढाउनको लागि बुक कर्नरले सहयोग गर्न सक्ने विश्वास लिईएको छ । विद्यार्थीहरुमा यसको सकारात्मक प्रभाव पर्छ । ञबुक कर्नरझ ले शिक्षक तथा विद्यार्थी सबैलाई पुस्तकको नजिक ल्याउछ । विद्यार्थीहरुले पुस्तकलाई देख्न पाउछन् । छुन पाउछन् । सिक्न पाउछन् । आफुलाई मन परेको कथा, कविता, चुड्किला पढेर अरुलाई सुनाउन पाउछन् । यसले गर्दा बालबालिकाहरुको भाषिक सिपलाई धेरै हद सम्म बढावा दिन सकिने कुरामा दुइ मत छैन । नीतिगत रुपबाट हेर्दा पनि हरेक कक्षाकोठामा एउटा पुस्तक राख्ने र्याक अनिवार्य रुपमा राख्नुपर्ने ((विद्यालय क्षेत्र सुधार योजना,२०६६-२०७२, परिशिष्ट ३.२, गुणस्तरीय शिक्षा (मानक तथा मापदण्ड), भौतिक वातावरण, कक्षाकोठामा फर्निचर तथा अन्य सामाग्रीहरु)) भनी उल्लेख गरिएको छ ।

२. सम्बद्ध साहित्यको पुनरावलोकन (Review of Related Literature):

NEGRP को अध्ययनले प्रारम्भिक कक्षाका विद्यार्थीहरुको पढाइ सिपको उपलब्धी स्तर कक्षागत रुपमा गरिएका अपेक्षा भन्दा धेरै तल रहेको पाइयो । यसका अतिरिक्त एउटै कक्षा भित्र विद्यार्थी विद्यार्थी बीच पनि पढाइ सिपको स्तर भिन्न छ । पढाइ सिप परिक्षणका नतिजा समग्र दक्षिण एसिया लगायत विश्वका अन्य मुलुकहरुमा पनि यस्तै देखिएको छ । कतिपय विद्यालय तथा क्षेत्र विशेषमा पढाइ सिपको स्तर उच्च रहेको पाइन्छ भने अन्य कतिपय क्षेत्रका विद्यार्थीहरुले राम्ररी पढ्न सिकिरहेका छैनन् । पढाइ र लेखाइको सन्दर्भमा २०६८ सालको जनगणना अनुसार १२३ भन्दा बढी मातृभाषा हरुको उपस्थिति देखिएको साथै भाषा आयोगको प्रतिवेदन २०७६र०७७ अनुसार फेरी ८ वटा नयाँ मातृभाषा थप भइ १३१ मातृभाषा पुगेको नेपालमा बालविकास कार्यक्रम वा कक्षा १ मा पहिलो पटक भर्ना हुन आउने बालबालिका मध्ये ४४।६ प्रतिशतले मात्र नेपाली भाषा बुझ्छन् यसबाट पनि साना कक्षाहरुको पठन सिप कस्तो रहेको छ भनि अनुमान लगाउन सकिन्छ । (राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम २०१४/१५-२०१९/२०)

३. अध्ययनको विधि (Methodology):
यस अध्ययन विशेष गरि गुणात्मक प्रकृतीको रहेकोले यो अध्ययनमा प्राप्त तथ्याङ्कहरुलाई अवस्था अध्ययन विधि र विद्यार्थी अन्तरक्रिया विधिको प्रयोग गरीएको छ ।

४. अध्ययनको परिसिमाहरू (Delimitation of the Study):

यस अध्ययनका परिसिमाहरुलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
क. यो अध्ययन हुप्सेकोट गाउँपालिकाको एक वटा विद्यालय श्री जनता माध्यमिक विद्यालयमा मात्र सीमित छ ।
ख. यो अध्ययन पठनसीप विकासमा बुक कर्नरको प्रभावकारितासँग मात्र सम्बन्धित रहेको छ ।

५. तथ्याङ्कको व्याख्या र बिश्लेषण (Analysis and Interpretation of the Data):

यस अध्ययन बाट प्राप्त तथ्याङ्कलाई निम्नानुसार व्याख्या र विश्लेषण गरिएको छ ।
( क). बुक कर्नरको प्रभावकारिता (Effectiveness of Book Corner):

  • बच्चाहरू विभिन्न कथा, कविता तथा चित्रात्मक किताबहरुमा धेरै भन्दा धेरै रुचिहरू जगाउन,
  •  विद्यार्थीहरुमा सिकाइ क्षमताको विकास गर्न,
  • बालबालिकाहरूमा पढाइ सिपको विकास गराउन,
  • शिक्षकको उपस्थिति विना पनि स्वसिकाइ गराउन,
  •  भाषाको बुझाइमा रहेका समस्याहरु समाधान गर्न, आदि ।

(ख). बुक कर्नर प्रभावकारी हुन नसक्नुका कारणहरु (Reason for book corner may not be effective):

  • विद्यालय भर्ना हुन आउँदा नेपाली भाषाको बुझाइमा समस्या भएका विद्यार्थीहरुलाई सहयोग गर्ने स्पष्ट रणनीतिको अभाव,
    भाषाका पाठ्यक्रमले पढाइलाई छुट्टै र महत्वपूर्ण अवयवका रुपमा पहिचान गर्न नसक्नु,
  • सिकाइ उपलब्धि प्रति अपर्याप्त ध्यान र विद्यार्थी सिकाइ प्रति उत्तर दायित्व बोधको अभाव हुनु,
  • सामुदायिक विद्यालयका प्रत्येक कक्षाकोठामा बुक कर्नर राख्नु पर्ने भनि क्क्म्ए मा उल्लेख भएपनि सो कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको,
  • बुक कर्नरका लागि सन् २००४ देखि सरकारले विद्यालयहरुलाई अनुदान दिँदै आएको छ तर अहिलेसम्म अधिकांश विद्यालयमा बुक कर्नर सञ्चालनमा आउन नसकेको,
  • विद्यार्थी संख्याका आधारमा सरकारले उपलब्ध गराएको रकम विद्यालयले रकमानान्तर गरी अन्यत्र खर्च गर्ने हुँदा कक्षाकोठामा बुक कर्नर सञ्चालन हुन नसकेको,
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभर ३५ हजार बढी सामुदायिक विद्यालय छन् । पछिल्ला १० वर्षमा सरकारकाले बुक कर्नर शीर्षकमा १० अर्ब रुपियाँ भन्दा बढी खर्च गरिसकेको छ । तर न्यून विद्यालयमा पनि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । बुक कर्नर बनेकै केही विद्यालयमा पनि बुक कर्नरमा किताब नहुनु, र्याक मात्र हुनु, संरक्षणको अभाव हुनु जस्ता समस्या रहेका,
  • अधिकांश विद्यालयका प्रधानाध्यापकहरू लाई बुक कर्नरका लागि के कति बजेट आउछ भन्ने सम्म पनि थाहा नहुनु,
    बुक कर्नर सम्बन्धित कक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीलाई व्यवस्थित गर्नका लागि सन् २००४ देखि कार्यान्वयनमा ल्याइए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु,
  • अधिकांश विद्यालयका शिक्षकहरू लाई बुक कर्नरको अवधारणा, लक्ष्य तथा उद्देश्य थाहा भएपनि यसको बारेमा राम्रोसँग बुझ्न नसक्दा विद्यार्थी पठन संस्कृति विकासका लागि ल्याइएको बुक कर्नर कार्यक्रमपनि अलपत्र परिरहेको छ ।

(ग). बुक कर्नरलाई प्रभावकारी बनाउने उपायहरु(Ways to make Book Corner Effective):

विद्यालय शिक्षाको प्राथमिक तहमै ‘बुक कर्नर’ को व्यवस्था गर्नुपर्दछ । यसका लागि विद्यालयमा बालबालिकाले सहजै र चाख दिएर पढ्न सक्ने रंगीन चित्रसहितका बालपुस्तकहरू उपलब्ध गराउनुपर्दछ । यसले विद्यार्थीको पढाइप्रतिको रूचि, पढ्ने बानीको विकास र पढाइ सीपको विकास गराउँछ । त्यसैले बुक कर्नरलाई प्रभावकारी बनाउन निम्न रणनीतिहरु अपनाउनुपर्ने हुन्छ ।

किताबको संख्या र प्रकारः

कम्तीमा विद्यार्थी संख्या बराबर किताब उपलब्ध हुनुपर्छ । औसतमा यस्ता किताब प्रति कक्षा एक सय जति हुनु राम्रो हुन्छ । हरेक कक्षामा पुस्तक उपलब्ध गराउँदा विषयवस्तुको कठिनाइको स्तर, अक्षरको साइज, चित्र र पेज संख्याका आधारमा उपयुक्त किसिमका पुस्तकहरूको छनोट गरिनुपर्छ । उदाहरणका लागि रुम टु रिड, सेभ द चिल्ड्रेन, रातो बङ्गला, सेतो गुराँस, शिक्षा मन्त्रालय आदिले प्रकाशन गरेका बालबोध श्रृंखलाका पुस्तकहरू उपलब्ध गराउनु उचित हुन्छ । यसमा अन्य उपयोगी बाल प्रकाशनहरू पनि समाविष्ट गर्न सकिन्छ ।
यस्ता कक्षागत तथा उमेरगत बाल पुस्तकहरूको उपलब्धताले बालबालिकामा पुस्तकप्रति अभिरूचि पैदा गराउने र पढ्ने बानीको विकास गराउने अपेक्षा गर्न सकिन्छ । विद्यार्थीले कति हदसम्म पुस्तकहरू पढ्न पाए भन्ने कुरा शिक्षकले पुस्तकको उपयोग कसरी गराए भन्ने कुरामा पनि भर पर्छ ।
‘बुक कर्नर’ को अनिवार्य प्रयोग सम्बन्धी व्यवस्थाः
विद्यालयले प्राथमिक तह कक्षा १(५ का विद्यार्थीलाई अनिवार्य रूपमा पुस्तक पढ्न लगाउनुपर्छ । यसका लागि हरेक हप्ता एउटा कक्षालाई नै पुस्तकालयमा लगेर पुस्तक पढ्ने व्यवस्था गर्नुपर्छ । प्राप्त पुस्तकहरू कति धेरै र कति छिटोछिटो विद्यार्थीहरूलाई प्रयोग गर्न दिइयो भन्ने कुराले पढाइप्रतिको रूचि र पढ्ने बानीको निर्धारण गर्दछ ।
विद्यार्थीले जति धेरै पुस्तक पढ्छन् या जति धेरै पाना पल्टाउँछन् र पुस्तकमा दिएका चित्रहरू हेर्छन्, त्यति नै ज्यादा उनीहरूले पढाइप्रति रूचि देखाउँछन् र यसरी किताबहरूको नियमित प्रयोगले दैनिक जीवनमा स्वतन्त्र रूपमा पुस्तक पढ्ने बानीको विकास गराउँछ । जब बालबालिकाले नियमित रूपमा पुस्तकहरू हेर्न थाल्नेछन् उनीहरूमा क्रमशः पुस्तकप्रति रूचि बढ्नेछ । उनीहरूले कक्षामा पाएका शैक्षणिक ज्ञानका साथै पढाइ सीपमा पनि विकास गर्नेछन् ।

‘बुक कर्नर’ को नियमित प्रयोगः

पुस्तकको नियमित प्रयोगका लागि विद्यार्थीले हप्ताको एक दिन अनिवार्य रूपमा पुस्तकालयमा एक घण्टी बिताउनुपर्ने हुन्छ । यो पुस्तकालय घण्टीमा प्रत्येक विद्यार्थीहरूले यसअघि नपढेका कुनै एक पुस्तक लिएर पढ्नुपर्ने हुन्छ । हरेक कक्षामा हरेक हप्ता विद्यार्थीका लागि प्रशस्त पुस्तकको व्यवस्था गरिनु पर्छ जसले गर्दा विद्यार्थीले हरेक हप्ता नयाँ पुस्तक पढ्न पाउँन् । शिक्षकले विद्यार्थीलाई पुस्तक छान्ने र पुस्तक साटासाट गर्ने बेलामा विद्यार्थीलाई सहयोग गर्नुपर्छ । विद्यालयले विद्यार्थीलाई किताब घर लगेर पढ्न पनि प्रेरित गर्नुपर्दछ । यसको अलावास कक्षा कार्य छिटो सिद्धिएमा वा शिक्षक अनुपस्थित भएको घण्टीमा पुस्तकहरू पढ्न प्रेरित गर्नुपर्छ । कक्षा १(५ मा पुस्तकालय घण्टी राख्नुको उद्देश्य विद्यार्थीहरूलाई पुस्तकहरूसित परिचित गराउनु हो । उनीहरूले पुस्तकका पाना पल्टाए वा पुस्तकमा भएका चित्रहरू हेरे मात्र भने पनि विस्तारै पुस्तकलाई आफ्नो जीवनको अभिन्न अंग बनाउन थाल्छन् । विद्यार्थीले पढेको बेलामा कहिलेकाहीं शिक्षकले पनि आफ्नो छनोटका पुस्तक पढ्ने गर्नुपर्छ । यसले विद्यार्थीलाई थप उत्साहका साथ पढ्ने प्रेरणा दिन्छ । अरू समय शिक्षकले कक्षाकोठामा पढ्ने वातावरण बनाउन सहयोग गर्नुपर्छ र पढाइलाई निरन्तरता दिन सघाउनुपर्छ ।

६. निष्कर्ष र सुझाव (Conclusions and Recommendations):

(क).  निष्कर्ष (Conclusions):  एउटा कलम, एउटा पुस्तक, एउटा शिक्षक र एउटा बच्चाले संसारलाई बदल्न सक्छ ।  सन् २०१४ मा, विश्व नोवेल शान्ति पुरस्कारबाट सम्मानित पाकिस्तानी किशोरी मलालाको यो भनाइ निकै सान्दर्भिक छ । पुस्तकहरु इन्धन हुन् । जसले हरेक व्यक्तिलाई अगाडि बढ्न, खोज्न अभिप्रेरित गरिरहन्छन् । पुस्तकप्रतिको प्यास स्कुलबाटै विद्यार्थीहरुमा जगाउन सकियो भने, धेरै कुरामा विद्यार्थीहरु आत्मनिर्भर हुन सक्छन् । जस्तो न्याय, समानता, शान्ति, समृद्धि तथा अन्याय, विभेद, हिंसा, शोषण आदि जस्ता कुराहरुमा विद्यार्थीहरुलाई सचेत गराउन पुस्तकमार्फत गर्न थप सजिलो हुने मेरो बुझाइ हो । पुस्तकसम्म विद्यार्थीको सहज पहुँचको लागि ञबुक कर्नरझ ले धेरै सहयोग गर्ने मेरो विश्वास हो । अहिले कक्षा कोठामा बनाइएको ञबुक कर्नरझ देखेर कुनै दिन प्रत्येक विद्यार्थीले आफ्नो घरमा पनि ञबुक कर्नरझ नबनाउलान् भन्न सकिन्न । त्यसैले परिवर्तनको सुरुवात त कक्षाकोठाबाट गर्नु पर्छ जस्तो लाग्छ ।

९(ख).  सुझाव(Recommendations): यस अध्ययनले बुक कर्नरको प्रभावकारीता हेरेको हुनाले बुक कर्नर कति प्रभावकारी भयो र यसले बालबालिकाको पठन संस्कृति विकास गर्न के गर्न सकिन्छ भन्ने कुराको जानकारी प्रदान गर्दछ ।
यस अध्ययनबाट बुक कर्नरले विद्यार्थी सिकाइ उपलब्धि, भर्ना दरमा पारेको प्रभावलाई पनि सामान्यीकरण गराउन सहयोग गर्दछ ।

सन्दर्भ ग्रन्थ सूचि
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, प्रशिक्षक निर्देशिका २०७५, शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमी, भक्तपुर ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम ९चैत्र ५, २०७००, कार्यक्रम दस्तावेज, काठमाडौं नेपाल ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, शिक्षक पेशागत सहयोग व्यवस्थापन कार्यविधि, २०७४, शिक्षा मन्त्रालय, सिंहदरबार काठमाडौं ।
बुक कर्नरको प्रभावकारीता ९जुलाइ १०, २०१३०, समसामयिक लेख, होप भ्याली स्कुल, ललितपुर नेपाल (https://www.facebook.com/HopeValleySchool/posts/550332828335154/)

बुक कर्नरमा १० अर्ब स्वाहा, समसामयिक लेख, शिक्षापत्र डट कम । (https://shikshapatra.com/2019/04/28/82296)

बुक कर्नर र सिकाइ, निजि ब्लग, जिन्दगि एक आयाम अनेक ।(http://ratansiranee.blogspot.com/2018/01/blog-post.html)

(लेखक हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत हुन ।)

प्रकाशित : २०७९ फागुन २६ गते ८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI