नवलपुरको प्रगतिनगरमा यात्रु बाहक बस ट्रकसग‘ ठोकिदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा तीन जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।
पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आँउदै गरेको लु १ ख ४३१९ नं.को बस र विपरित दिशाबाट जादै गरेको ना ६ ख १७२१ नं.को ट्रक एकआपसमा ठक्कर खादा दुर्घटना भएको हो । बसमा सवार रूपन्देही खैरेनी सुर्यापुरा गाउपालिका ३ बस्ने वर्ष ३७ की माया देवी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा मृतक पाण्डेका श्रीमानका वर्ष ४२ का मणिराम पाण्डे , ट्रक चालक जिल्ला रूपन्देही ओमसतिया गा.पा.१ बस्ने वर्ष २७ को मोहन थापा र बस चालक कपिलवस्तु तौलिहवा बाणगङ्गा नगरपालिका वडा नं.२ बस्ने वर्ष ३६ का टिका राना रहेको जिल्ला प्रहरीले कार्यलय नवलपुरले जानकारी दिएको छ ।
Facebook Comment