निर्वाचन आयोगलाई ओलीको प्रश्न: किन मतपत्र हरियो राखियो ? रुखैरुख देखुन् भनेर हो ?

NAWALPUR TIMES

निर्वाचन आयोगलाई ओलीको प्रश्न: किन मतपत्र हरियो राखियो ? रुखैरुख देखुन् भनेर हो ?
NG Rupandehi kpoli scaled 1

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेकोप्रति आपत्ति जनाएका छन् ।

कुन आधारमा त्यो राखिएको भन्दै ओलीले सच्याउनुपर्ने बताए ।

‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे,’ पार्टी निकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा भने, ‘किन राख्ने ? यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? कुन हिसाबले राख्ने हो ?’

ओलीले थपे, ‘सबैतिर रुखै रुख देखुन् भनेर हरियो राख्ने हो ? यदि निर्वाचन आयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ । हरियो हुँदैन ।’

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology