सुखी नेपाल बनाउन एमाले सरकारले अनगिन्ती काम गरेको छ : ओली

NAWALPUR TIMES

सुखी नेपाल बनाउन एमाले सरकारले अनगिन्ती काम गरेको छ : ओली
IMG 20220307 121400 scaled

पूर्वी नवलपरासी — पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नेतृत्वको सरकार छँदा सुखी नेपाल बनाउन अनगिन्ती काम भएको दाबी गरेका छन् ।

पूर्वपश्चिम रेलमार्ग निर्माण, कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणको काम, महेन्द्रराजमार्ग फराकिलो बनाउने काम, त्रिवेणीबाट उत्तरतर्फको बाटो, धौवादी फलामखानीबाट फलाम निकाल्ने काम सुखी नेपालकै निरन्तरताको लागि आफैंले सुरु गरेको ओलीको दाबी थियो ।

कावासोतीस्थित मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । देश विकासलाई अघि बढाउन आफ्नो सरकारको पालामा थुप्रै इट्टा थपिएको उनको भनाइ थियो ।

नेता ओलीले अर्को प्रसंगमा नेपालकै ऋषिमुनिको सिको गर्दै चिकित्सा विज्ञानले बिरामीको शल्यकृयाको सुरुआत भएको जिकिर गरेका थिए ।

यस क्रममा ओलीले मझीलाल थारुको नाममा २ लाख रुपैयाँको अक्षयकोषको समेत घोषणा गरेका थिए ।

पूर्वी नवलपरासीका पूर्वसांसद मझीलाल थारु थनैतको नाममा आफूले २ लाखको अक्षयकोष स्थापना गरेको ओलीले घोषणा गरेका हुन् । मध्यबिन्दु बहुमुखी क्याम्पसले संचालन गर्ने गरी उक्त अक्षयकोषका लागि आफू काठमाडौं पुगेपछि २ लाख रुपैयाँ पठाइदिने प्रतिबद्धता व्यक्त गरे ।

‘संचालनको जिम्मा तपाइँहरूको,’ ओलीले मन्तव्यको सुरुमै भने, ‘यो क्याम्सपमा मझीलालको योगदानको कदर स्वरुप अक्षयकोषको स्थापना गरिएको जानकारी गराउँदछु ।’

थारु २०४८ सालपछि नवलपरासीबाट २ पटक सांसद निर्वाचित भइसकेका नेता हुन् । एमाले नेता थारुको योगदानको कदर गर्दै ओलीले आफनो व्यक्तिगत तवरबाट थारुको नाममा २ लाखको अक्षयकोष स्थापना गरेको बताएका हुन् । २०४८ सालपछि लुम्बिनी अञ्चलबाट एमालेबाट निर्वाचित एक्लो सांसद थिए उनी । उनलाई त्यतिबेला लुम्बिनी टाइगर पनि भनेर चिनिनथ्यो ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology