गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता

NAWALPUR TIMES

गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता
ssss

एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्।

त्यसपछि प्रधानमन्त्री देउवा बिहीबार साँझ विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। त्यहाँ सत्तासमीकरण परिवर्तन, स्थानीय चुनाव, एमसीसी अनुमोदन गर्नेलगायत विषयमा गम्भीर कुराकानी भएको स्रोतले बताएको छ।

स्रोतका अनुसार देउवाले ओलीसँग एमसीसी अनुमोदनमा सहयोग मागेका छन्। तर, यो विषयमा ओलीले निर्णय दिएका छैनन्। ओलीका प्रस्तावमा पनि देउवाले निर्णय दिएका छैनन्। छलफल भने सकारात्मक भएको ती स्रोतको भनाइ छ। सत्ता गठबन्धन कायम रहेसम्म सदनमा अवरोध जारी राख्ने एमालेको अडान छ। गठबन्धन परिवर्तन र सभामुख ‘एउटा पार्टीको जस्तो भएकामा सोच्नुपर्ने’ ओलीको प्रस्ताव छ।
काँग्रेस नेता डा. मीनेन्द्र रिजालले बिहीबार दिउँसो ओलीसँग भेट गरेका थिए। त्यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन वार्ता गरेका थिए। नेता रिजालसँगको भेटमा ओलीले अन्तर्राष्ट्रिय रूपमा देशको छवि नबिग्रोस् भन्ने एमालेको चाहना रहेको र राष्ट्रहितका निर्णयमा कांग्रेससँग सहकार्य गर्न सक्ने जवाफ दिएका थिए। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology