कावासोती । नवलपुरमा थप २३ जना कोरोना संक्रमण मुक्त भएका छ्न ।
जिल्लाको रजहरमा रहेको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा उपचाररत २२ जना र झ्याल्टुङडाँडा ब्यारेकबाट १ जना गरी २३ जना संक्रमण मुक्त भएका हुन ।
यो सँगै जिल्लामा निको हुनेको संख्या ३ सय १ पुगेको छ भने जिल्लामा अब २३ जना मात्रै संक्रमित रहेको र उनीहरु मध्य २१ जनाको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा र २ जनाको भरतपुरमा उपचार भई रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।
Facebook Comment