गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९१ पुग्यो
NAWALPUR TIMES प्रकाशित : २०७७ असार २१ गते ७:३३
गण्डकी प्रदेशका २ जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशका तनहुँमा २ जना र बाग्लुङमा १ जना संक्रमित थपिएका हुन्।
संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशका संक्रमितको संख्या १ हजार ९१ पुगेको छ। नेपालमा भने संक्रमितको संख्या १५ हजार ४ सय ९४ पुगेको छ।
Facebook Comment