कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै यतिखेर मास्कको ट्रेण्ड चलिरहेको छ । भाइरस संक्रमणबाट बच्नका लागि भन्दै मानिसहरूले अनौठा मास्कहरू बनाउन थालेका छन् ।
यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएका छन् । भारतको पुणेका एक व्यक्तिले ५० ग्रामभन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ । पुनेमा बस्ने शंकर कुराडेले सो मास्क बनाएका हुन् ।
उनले बताएका छन्, मास्कमा साना साना प्वाल बनाइएकोछ, जसबाट स्वास प्रवाहका लागि समस्या हुँदैन ।
Facebook Comment