मध्यविन्दुका १७ बर्षीय पुरूष सहित गण्डकी प्रदेशका ३७ जनामा कोरोना संक्रमण पुष्टि
NAWALPUR TIMES प्रकाशित : २०७७ जेठ ३० गते ७:०४
corona
गण्डकी प्रदेशका चार जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ६:१५ बजे जारी सूचना अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपुरको मध्यविन्दुका १७ बर्षीय एक पुरूषमा संक्रमण पुष्टि भएको हो। नवलपुरको मध्यविन्दुका १७ बर्षीय पुरूष वडा नं. ११ का रहेको र उनी भारतबाट आई क्वारेन्टाईनमा रहेका थिए। उनलाई जिल्ला स्थित आईसोलेसनमा लैजाने तयारी भैरहेको मध्यविन्दु नगरपालिका नगर प्रमुख चन्द्रबहादुर रानाले नवलपुर टाईम्सलाई बताउनुभयो।
योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ। नेपालभर संक्रमितको संख्या ४६ सय ५१ पुगेको छ
Facebook Comment