विभिन्न राजनीतिक दलहरुले सांसद विकास कोषको दुरुपयोग भइरहेको भन्दै विरोध जनाइरहेका बेला सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) कार्यक्रम यो वर्ष पनि निरन्तरता दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको जानकारी गराएका छन् । यद्यपि उक्त कार्यक्रम का लागि गत वर्षको भन्दा बजेट भने घटेको छ । गत वर्ष ९ अर्ब ९० करोड बजेट विनियोजन भएको उक्त कार्यक्रममा यो वर्ष भने ६ अर्ब ६० करोड बजेट विनियोजन भएको छ ।
प्रकाशित : २०७७ जेठ १५ गते १८:२९
Facebook Comment