कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १९ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म १ लाख ६२ हजार ७ सय ३० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ६० हजार ६ सय ९६ जनाको पिसिआर र १ लाख २ हजार ३४ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
नेपालमा हाल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। जसमध्ये १ सय ८७ जना उपचारपछि डिस्जार्च भएका छन्। कुल संक्रमितमध्ये ९ सय ४० पुरुष र १ सय २ जना महिला रहेको मन्त्रालयले जनाएको छ।
कोरोना प्रभावित जिल्लाको संख्या ५१ पुगेको छ। मुलुकभर हाल ८ सय ५० अस्पतालको आईसोलेसन र ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्यखबरबाट
प्रकाशित : २०७७ जेठ १५ गते १५:२७
Facebook Comment