मे ३, हरेक बर्ष बिश्व स्वतन्त्रता दिवस मनाईन्छ। सन् १९९३ देखि संयुक्त राष्ट संघको निर्णय रआह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो। स्वतन्त्र प्रेसको महत्वलाई उजागर गर्न र प्रेस स्वतन्त्रता बिरुद्ध भएका घटनाहरुको समीक्ष गर्न यो दिवसलाई एक अवसरको रुपमा लिईन्छ। सूचना र समाचारको खोजी र सम्प्रेषणमा संलग्न हुँदा संसार भरी नै पत्रकारहरु बिभिन्न जोखिम र दमनमा पर्दै आएका छन,यो दिनमा तिनै सहासिक र संघर्षशिल पत्रकारहरुको योगदानलाई स्मरण गर्ने र सम्मान गर्ने गरिन्छ।अनि हरेक राज्य र सरकारलाई स्वतन्त्र प्रेसको रक्षा र प्रवर्द्धन गर्नु तिम्रो कर्तब्य हो भनेर झकझकाउन पनि यो दिवस मनाईएको हो। हरेक मानिसलाई सत्य थाह पाउने र आफ्नो बिचारहरु निर्भिकतापूर्वक अभिव्यक्ति गर्ने नैसर्गिक हक हुन्छ र सो को लागि सक्षम र स्वतन्त्र पत्रकारिताको अभ्यास अकुण्ठित रहनु पर्दछ भन्ने सन्देश दिनु यो दिवसको मूल उद्धेश्य हो। यो लेख बिकासटाईम्सका लागि तारानाथ दाहालले लेखेका हुन।
नेपालमा पत्रकारिता जगतबाट प्रेस स्वतन्त्रता दिवस सन् १९९५ देखि मनाउन थालिएको हो। यध्यपी यो दिवसलाई मनाउन राज्य पक्षलाई अझैपनि संबेदनशील बनाउन सकिएको छैन।गिरिजाप्रसाद कोईराला र सुशिल कोईराला प्रधानमन्त्री हुनुहुँदा उहॉहरुले राज्यको तर्फबाट शुभकामना सन्देश दिने गर्नु भएको थियो तर यो प्रचलनलाई निरन्तरता दिन अरु सरकारहरुले चासो दिएका छैनन।यसबाट के स्पष्ट हुन्छ भने नेपालका शासकहरुको स्वतन्त्र प्रेस प्रतिको प्रतिबद्दता औपचारिक रुपमा समेत कमजोर रहेको छ।नेपाल संयुक्त राष्ट संघको सकृय सदस्य राष्ट हो र यो दिवस मनाउने दायित्व नेपाल समेत हरेक सदस्य राष्टको हो।
सन् २०१९ को मे महिनाको १ तारिख देखि सन् २०२० को अप्रिल मसान्तसम्मको तथ्याकं समीक्षा गर्दा नेपालमा प्रेस स्वतन्त्रता बिरुद्धका १०७ घटना भए र ती घटनाबाट प्रभावित हुने सन्चारकर्मीहरुको संख्या २०६ देखिएको छ भने अप्रत्यक्ष प्रभावित संख्या त निकै धेरै छ। गत वर्ष यो अवधीमा १०४ घटना घटेका थिए।यी तथ्याकंहरुले प्रेस स्वतन्त्रताको अवस्था विगत दुई वर्ष यता निरन्तर ओरालो लागेको प्रमाण दिएको छ। बिश्वव्यापी अनुगमन र मूल्याकंन गर्ने संस्थाहरुले पनि नेपालको अवस्था बिग्रदै गएको तथ्यहरु प्रकाशमा ल्याएका छन।प्रेस स्वतन्त्रता बिरुद्दका घटनाको संख्याले मात्र होईन सरकार र राज्यका निकायहरुको अरु बिभिन्न कदमले नेपालमा प्रेस तथा अभिव्यक्तिको स्वतन्रता संकटापन्न अवस्थामा धकेलेको छ। खासगरी खराब कानून तर्जुमा गर्ने र राजनीतिक नेतृत्वले पत्रकार र मिडियामाथि गालीगलौज र लान्छाना थोपरेर यस्को बिश्वसनीयताको आधारमाथि हमला गर्ने शैली नेपालमा निकै बढेर गएको छ।
नेपालमा यो वर्ष बिधुतिय कारोबार ऐन र मुलुकी अपराध संहिता जस्ता फौज्दारी कानूनको दुरुपयोग गरेर निकै पत्रकारहरुलाई सताईयो। अनलाईन पत्रकारिता र सामाजिक सन्जालका अभिव्यक्तिहरुलाई टार्गेट नै गरिएको छ। यसैगरी सरकारी स्वामित्वका सन्चार माध्यमहरुको दुरपयोग गर्ने पुरानो संस्कारलाई अझै मलजल गरियो।स्थानीय तह देखि केन्द्रसम्म सरकारहरुलआफ्नै मिडिया चलाउने,बिज्ञापनको उपलब्धतामा बिभेद गर्ने,सूचनाको पहुँचलाई कटौती गर्ने, व्यबसायिक प्रेस जगतलाई हतोत्साहन र अपमान गर्ने , पत्रकार बिरुद्द निर्बाचित प्रतिनिधिहरु तथा राजनीतिक तहबाटै वा उनीहरुबाट संरक्षित तत्वहरुबाट भौतिक आक्रमण गर्ने र पत्रकार बिरुद्धका दण्डहिनताको अवस्था अझ खराब रुपमा फस्टाउदै जाने देखिएको छ।
बिज्ञापनको अवसरमा गरिएको राजनीतिक चलखेल,हस्तक्षेप र बिभेदले गर्दा व्यबसायिक मिडिया जगत आर्थिक संकटमा धकेलिदै आएकोमा अझ अहिलेको महामारीको कारणले त भयाबह रुपमा आर्थिक संकट बिस्तार हुन गै मिडिया चल्नै नसक्ने अवस्था सिर्जना भएको छ।यसबाट प्रत्यक्ष मारमा श्रमजिवी सन्चारकर्मीहरु परेका छन।यो बेला राज्यबाट सबै मिडियालाई सहयोग र संरक्षण हुनुपर्नेमा कुनै चासो देखाईएको छैन।यस अवस्थाले भावी दिनमा स्वतन्तर प्रेस झन कमजोर हुने खतरा देखिएको छ।बिश्व प्रेस स्वतन्तरता दिवसको सन्दर्भमा यी चुनौतिहरुबारे गम्भिर छलफल हुनुपर्थ्यो तर सरकारले यो दिन बारे उदासिनता देखयो,जुन दुर्भाग्यपूर्ण छ।
बिश्व प्रेस स्वतन्तरता दिवसको यो अवसरमा आम मानिसलाई सूसूचित गराउने परम कर्तव्यमा खटिँदा मारिएका,बेपत्ता पारिएका,जेलमा हालिएका,झूठा मुद्दामा फसाईएका, भौतिक हमलामा परी घाईते हुनु भएका र रोजगार गुमाएर संकटमा परेका तमाम सन्चारकर्मीको अवस्थाबारे राज्यबाट संबेदनाका दुई शब्द पनि नपाउनु नेपाली प्रेस जगतका लागि निकै पिडादायी छ। आजको दिन आफ्नो देशको मात्र होईन ,कर्तव्य पुरा गर्ने क्रममा सताईएका संसारका तमाम पत्रकारहरु प्रति सम्मान गर्नु एउटा सभ्य लोकतान्त्रिक राज्यको कर्तब्य हो। तर दुखका साथ भन्नुपरेको छ,आज नेपालमा मात्र होईन छिमेकी भारत,चिन,अमेरिका,जताततै अनुदार शासकहरुको बिगबिगी छ। स्वतन्तर प्रेस बिश्वभरी नै संकटमा छ।अहिलेपनि ठूलो संख्यामा पत्रकारहरु जेलमा बन्दी छन। महामारीको यो बेला समेत उनीहरुलाई रिहा गरिदेउ भन्ने आवाजलाई शासकहरुले सुनेका छैनन।
नेपालको सन्दर्भमा हामीले जोडिएर भन्नु पकेको छ( संबिधानको धारा १७, १९ र २७ मा उल्लेखित नागरिकका मौलिक हक बिपरीत बनाईएका र बनाउन लागिएका बिभिन्न ऐनहरु तथा कानूनहरु सुधार्नै पर्छ। बिगतमा मारिएका र बेपत्ता पारिएका पत्रकारका परीवारले न्याय पाउनै पर्दछ। पत्रकार बिरुद्ध भएका आक्रमणका घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ। अनि सूचनाको पहुँचमा बढ्दो नियन्त्रण र अनुदार ब्यबहारहरु सच्चिनु पर्दछ।पत्रकारको स्वतन्त्रता उस्को निजी वा व्यबसायिक हितको पक्षपोषणका लागि होईन। आम मानिसलाई सार्बजनिक चासोका सूचनामा सूसूचित गर्न ,जबाफदेही र उत्तरदायी लोकतान्त्रिक प्रणालीको लागि आबश्यक सशक्त निगारानीलाई सबल पार्न र वास्तविक रुपमा नियन्त्रण र सन्तुलनको लोकतान्त्रिक प्रणालीको अनुभूति गराउन स्वतन्त्र प्रेस अपरिहार्य छ भन्ने कुरा शासकहरुले आत्मसात गर्नु पर्दछ।तर दुखको कुरा हामीसँग यतिबेला प्रेसलाई दुश्मन सम्झने र निरन्तर हेप्ने प्रधानमन्त्री छन। लोकतन्त्रको लागि यो सर्मनाक लज्जाको बिषय हो।एउटा जिवन्त लोकतन्त्रका लागि प्रमाण र तथ्यमा आधारित निर्मम आलोचक प्रेसको भूमिकाको अपेक्षा राख्नु एक असल शासकको गुण हो।तर बिडम्वना सुशासन र लोकतान्त्रिक समाजको लागि अक्सिजन मानिने प्रेसलाई आफ्नो प्रशंसक र तावेदार मात्र बनोस भन्ने सोचका शासकबाट शासित हुन हामी अभिसप्त छौँ।
बिश्व प्रेस स्वतन्त्रता दिवसको यो अवसरमा हामी सबैमा स्वतन्त्र प्रेसको महत्व र गरिमालाई अझ दह्रो बनाउने जिम्मेवारीबोध पनि हुनुपर्छ। समाज र ब्यक्तिको स्वाभिमानको सम्मान अनि सत्य र तथ्य प्रतिको कठोर निष्ठा एउटा पत्रकारको आधारभूत आचरण हो। पत्रकारिताको साधनामा अब्बल व्यबसायिक अभ्यास गर्न सकेमा हाम्रो स्वतन्त्रता र सुरक्षाको लागि समाजबाट बल प्राप्त भैरहन्छ।तसर्थ, प्रेस स्वतन्त्रता दिवसमा समाजबाट आम पत्रकारहरुबाट पनि आआफ्नो भूमिकाको समीक्षा र सुधारको प्रतिबद्दता खोजिनु स्वभाविक हुन्छ।यसतर्फ जागरुक रही स्वतन्त्रताको रक्षा र सम्बर्दधनमा जुटौँ। सबै सहकर्मीहरुमा बधाई र शुभकामना छ। स्रोत- बिकासटाईम्स
प्रकाशित : २०७७ वैशाख २१ गते १०:०६
Facebook Comment