गैंडाकोट । लकडाउनका कारण हिँडेरै घर फर्किने पैदलयात्रीलाई गैंडाकोटमा नि:शुल्क खाजा र खानाको व्यवस्था गरिएको छ। लकडाउनका कारण होटलहरु नखुल्दा घर फर्कनेहरु समस्यामा परिरहेका बेला पुर्व पश्चिम महेन्द्रराजमार्ग भएर घर फर्कनेहरुका लागि गैँडाकोटमा खाना खाजाको व्यवस्था गरिएको हो । सफा सुन्दर हरियाली गैंडाकोटले नि:शुल्क खाना र खाजाको व्यवस्था गरेको हो ।
आइतबार विहानबाट शुरु भएको मेसमा पैदलयात्रीहरुका लागि खाना,खाजासहित पानीको बोतल समेत वितरण गएिको संयोजक गणेश सापकोटाले जानकारी दिए । मेसमा आएर खाना र खाजा खानेहरुको तस्विर खिच्न रोक लगाइएको उनले बताए । आफूहरुले पवित्र मनले समस्यामा रहेकाहरुलाई सहयोग गरेकाले तस्बिर खिचेर प्रचारवाजी गर्न रोक लगाइएको बताउँदै उनले पैदलयात्रीहरुका लागि केही दिन लगातार मेस चलाउने जानकारी दिए ।
प्रकाशित : २०७६ चैत ३० गते १६:३२
Facebook Comment