आज बुधबार नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ। बुधबार साझ ५:३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो। जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो।
नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो। इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए।
चीनको लागि नेपाल एयरलाइन्सको अर्को वाइडबडी जहाज बिहीवार ग्वाङ्झाउ जाँदैछ। नेपालका निजी व्यवसायीले चीनबाट मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेका छन्। नेपालमा लकडाउन लम्बिएको र अन्तर्राष्ट्रिय उडान समेत १५ दिन ठप्प भएपछि विकसित मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन्। स्रोत- रातोपाटी डटकम
प्रकाशित : २०७६ चैत १९ गते १३:२०
Facebook Comment