एजेन्सी, ३० फागुन । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । ७६ वर्षीय एक संक्रमितको मंगलबार मृत्यु भएको हिजो साँझ सार्वजनिक भएको हो । इन्डियन एक्सप्रेसका अनुसार हैदराबादबाट आफ्नो घर कालाबुरागी जाँदै गर्दा ती व्यक्तिको बाटोमा मृत्यु भएको खुलेको हो ।
ती व्यक्ति संक्रमित भएको पत्ता लागेको थियो । ती व्यक्ति साउदी अरेबियामा तीर्थयात्राबाट फर्किएका थिए । २९ फेब्रुअरीमा हैदरवादमा उत्रिएका ती व्यक्तिलाई ६ मार्चबाट कोरोना भाइरसको लक्षण देखिएको थियो । ९ मार्चमा अस्पताल लगिएपछि उनलाई कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो । यसैगरी, भारतमा संक्रमितको संख्या ७४ पुगेको छ । तीमध्ये उत्तर प्रदेशमा ११ जनामा संक्रमण भेटिएको छ ।
प्रकाशित : २०७६ फागुन ३० गते ९:३४
Facebook Comment