कोरोनाका कारण चीनले नाका थुनेपछि खाद्यान्न बोकेको हेलिकोप्टर किमाथांका पुग्यो
भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण कोदो, मकै र आलु बाहेकका खाद्यान्न उत्पादन हुँदैन। उत्पादन भएका कोदो,मकै र आलुले दुई चार महिनामात्र पुग्ने स्थानीय बताउँछन्।
सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले किमाथांकाका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो।
भोटखोला सदरमुकामबाट ५ दिनको पैदल दुरीमा पर्छ। भोटखोलाका लागि दैनिक उपभोग्य सामग्री चीनको चाँगा र देन्दाङ बजारबाट आयत हुने गरेको थियो।
प्रकाशित : २०७६ माघ २५ गते १३:०३
Facebook Comment