काठमाडौं । यही
वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका
दिन खण्डग्रास सूर्यग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताएका छन् ।
नेपाली समय
अनुसार विहान ०८:४२ बजेदेखि ११:३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो
ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको
बढी असर हुनसक्ने बताएका छन्।
यसै पनि ग्रहण
संक्रमणकारक हुन्छ । यसै पनि सूर्यग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि
यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ ।
साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् ।
जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाई छ ।
के हो सूर्यग्रहण ?
सूर्यग्रहण एक
प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा
पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ ।
भौतिक
विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने
चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै
अवस्थालाई सूर्यग्रहण भनिन्छ।
पृथ्वीले
सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले
काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या
सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ ।
यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या
तिथीमा नै पर्दछ ।
धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ ।
कहिले कहीँ मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण-ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ ।
पूर्ण-ग्रहण
धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । अधिकतम दुई सय पचास (२५०)
किलोमीटरको सम्पर्कमा मात्र पूर्ण ग्रहण देख्न सकिन्छ ।
यस क्षेत्र
भन्दा बाहिर खण्डग्रास-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणको समयमा
चन्द्रमालाई सूर्यको अगाडिबाट जानमा दुई घण्टाको समय लाग्दछ ।
चन्द्रमाले
सूर्यलाई अधिकतम, सात मिनटसम्म पुरा छेक्दछ । यसबखत केही आकाशमा केही समयको
अँधेरो हुन जान्छ, या दिनमा रात भएको जस्तै भान हुन्छ ।
प्रकाशित : २०७६ पुष ३ गते १५:५८
Facebook Comment