कावासोती । नवलपुरको गैंडाकोटमा सम्पन्न गैंडाकोट हाफ म्याराथन दौडमा आर्मीका मुकेशबहादुर पाल र पूर्णलक्ष्मी न्यौपाने विजेता भएका छन् ।
२१ किलोमिटर दुरी मुकेशले १ घण्टा १६ मिनेट ८ सेकेन्ड र पूर्णलक्ष्मीले १ घण्टा ४८ मिनेट ४६ सेकेन्डमा पूरा गरेका थिए । पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्की दोस्रो र बैतडीका नरेन्द्रसिंह रावतले तेस्रो भए ।
महिलातर्फ अनु मगर दोस्रो र सुनैना मगरले तेस्रो स्थानमा रहे । पुरुष विजेताले १ लाख, दोस्रोले ५० र तेस्रोले २५ हजार र महिला विजेताले २५ हजारमात्र पाएका थिए ।
५ किलोमिटर विद्यार्थी मैत्री दौडमा जनक नमुनाका मनुप थापा विजयी भए । विजय फाउण्डेसन नेपालको आयोजनामा भएको हाफ म्याराथनमा २ सय ४३ जनाको सहभागिता रहेको आयोजकका अध्यक्ष अध्यक्ष त्रिलोचन सापकोटाले बताए । प्रतियोगिता आयोजना गर्न वैकुण्ठ मानन्धर स्पोर्ट्स क्लबको प्राविधिक सहयोग थियो ।
प्रकाशित : २०८१ पुष १६ गते ८:३३
Facebook Comment