नमूना सदरमुकाम निर्माण स्थलको रुख काटन मन्त्री परिषदको स्वीकृति, रुख कटान सँगै निर्माणको काम सुरु हुने
NAWALPUR TIMES प्रकाशित : २०८१ पुष १० गते ९:५९
कावासोती । नवलपुरको कावासोती ३ मा बन्ने भनिएको नमूना सदरमुकाम निमार्ण स्थलमा ६ सय ४२ वटा ठुला रुख काटन मन्त्री परिषदले स्वीकृत प्रदान गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्री परिषदको बैठकले नमूना सदरमुकाम निर्माण स्थलमा रहेका रुख काटन स्वीकृती दिने निर्णय गरेको हो ।
नवलपुरका क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विष्णुकुमार कार्कीले हिजोको मन्त्रीपरिषदको बैठकले रुख हटाउन अनुमती दिएकोले अब नमूना सदरमुकाम निर्माणको काम सुरु हुने बताए ।
भवन निर्माणको जिम्मा पाएको रौतहटको चौधरी कन्स्ट्रक्सनको टोली भवन निर्माणस्थलमा आइपुगे पनि रुख कटानको आदेश नआउँदा निर्माण कार्य सुरु हुन सकेको थिएन । “रुख कटान गर्न मन्त्री परिषदको बैठकले स्वीकृती दिएको छ , निर्माणको काममा अब ढिलाई हुँदैन”, सांसद कार्कीले भने ।
कावासोती नगरपालिका– ३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनभित्र रहेको १८६ बिघा जग्गामा नमुना सदरमुकाम निर्माणका लागि काम थालिएको हो। पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालयलगायतका गरी पाँचवटा कार्यालय सर्ने गरी तीनवटा भवन निर्माणको ठेक्का लागेको छ।
नमुना सदरमुकाम निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड, अर्थमन्त्रालयले त्यसमा थप गरी सुनिश्चित गरेको ५० करोड र आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको ८० करोड रुपैयाँबाट भवन निर्माणको काम अघि बढाउने गरि सघन शहरी तथा भवन निर्माण आयोजनाले काम सुरु गरेको हो ।
Facebook Comment