कावासोती । कावासोती इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टले विभिन्न कार्यक्रम गरेर आफ्नो पाँचौं वार्षिकोत्सव मनाउने भएको छ । संस्थाले सोमबार पत्रकार सम्मेलन गरी आगामी कार्यक्रमका बारेमा जानकारी दिएको हो
वार्षिकोत्सवका अवसरमा स्थानीय संस्कृती, परिकार र पर्यटन क्षेत्रको प्रवद्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको संस्थाका प्रिन्सिपल सुदिप चापागाँईँले जानकारी दिए ।
उक्त कार्यक्रमअनुसार कावासोतीका विद्यालयलाई लक्षित गरी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, ‘स्थानीय संस्कृती र परिकारः पर्यटक आकर्षणको मुख्या आधार’ शीर्षकमा खुल्ला बक्तृत्वकला प्रतियोगिता, क्याफे व्यवशायीहरुका लागि जिल्ला स्तरीय लाटे आर्ट प्रतियोगिता सञ्चालन गरिने चापागाँईंले जानकारी दिए ।
हाजिरीजवाफ प्रतियोगिता पुस १४ गते, बक्तृत्वकला प्रतियोगिता १७ गते र लाटे आर्ट प्रतियोगिता १८ गते आयोजना गर्ने आयोजकले जनाएको छ । विद्यार्थी, युवा र व्यवशायीलाई आफ्नो ज्ञान, सीप तथा कला प्रदर्शनीका लागि प्रेरित गर्न र जिल्लाको पर्यटन प्रवद्धन गर्न कार्यक्रम गर्न लागिएको चापागाँईको भनाइ छ ।
हाजिरीजवाफ र बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार पाँच सय, द्धितिय हुनेलाई पाँच हजार पाँच सय नगदसहित, मेडल, ट्रफी र प्रमाणपत्र तथा लाटे आर्टमा प्रथम हुनेलाई नगर पाँच हजार र द्धितिय हुनेलाई तीन हजार नगद, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने आयोजकको भनाइ छ ।
प्रकाशित : २०८१ पुष ८ गते १९:४०
Facebook Comment